सरकार मधेस समस्या समाधानमा गम्भिर नभएको राप्रपाको ठहर

काठमाडौं, साउन १३ । राष्ट्रिय प्रजातन्त्र पार्टीले बर्तमान सरकार संविधान कायान्वयन गर्न र मधेस समस्या समाधान गर्न गम्भीर नभएको ठहर गरेको छ । आज बसेको पार्टीको पदाधिकारी बैठकले मधेस समस्या समाधान र संविधान कार्यान्वयनमा सरकार गम्भिर नभएकोमा चिन्ता ब्यक्त गरेको हो ।

राप्रपाले आफ्नो पार्टीले वर्तमान सरकारमा सहभागिता जनाउने अध्याय समाप्त भएको निष्कर्ष पनि निकालेको छ । राप्रपाले सरकारमा जाने चाहना राख्दै आएको भएपनि अस्ति भएको मन्त्रिमण्डल विस्तारमा प्रधानमन्त्री देउवाले सहभागि नगराएपछि राप्रपाले आक्रोश व्यक्त गर्दै आएको छ ।

सरकारमा सहभागि नहुने भएपछि बसेको पहिलो पदाधिकारी बैठकले केन्द्रीय कार्य समितिबाट पारित भएका विभिन्न कार्यक्रमहरु कार्यान्वयन गर्ने निर्णय पनि गरेको छ । त्यसअन्र्तगत राप्रपाले हरेक वडामा राप्रपा, हरेक क्षेत्रमा राप्रपा अभियान संचालन गर्ने भएको छ ।

प्रदेश स्तरीय परिषद (अधिबेशन) भाद्र महिनाभित्र आयोजना गर्दै १ नं. प्रदेशको झापा, ३ नं. प्रदेशको हेटौंडा, ४ नं. प्रदेशको पोखरा, ५ नं. प्रदेशको नेपालगंज, ६ नं. प्रदेशको सुर्खेत र ७ नं. प्रदेशको कंचनपुरमा गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 11 =