कैलाली र भोजपुरबाट विप्लप समूहका ८ जना कार्यकर्ता पक्राउ

कैलाली, मंसिर १ । निर्वाचनविरोधी गतिविधि गरेको भन्दै कैलाली र भोजपुरबाट नेपाल कम्युनिष्ट पार्टी (विप्लव) का आठ जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । कैलालीमा चार र भोजपुरमा चार गरि आठ जना पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता वीरबहादुर बुढामगरले नेपाल कम्युनिष्ट पार्टी (विप्लव) का जिल्ला इन्चार्ज रामप्रसाद चौधरी, क्षेत्रीय ब्यूरो सदस्य प्रकाश मल्ल, भूमिहीन सुकुम्वासी संघका केन्द्रीय उपाध्यक्ष मीनराज गिरी र तपेन्द्र रसाइलीलाई बिहीबार पक्राउ गरिएको जानकारी दिनुभयो ।

दुई जनालाई टीकापुरबाट र दुई जनालाई हसुलियाबाट पक्राउ गरिएको बताईएको छ । त्यसैगरी, भोजपुरमा निर्वाचनविरोधी गतिविधि गरेको आरोपमा चारजनालाई पक्राउ परेका छन् । नेकपा (एमाले) उम्मेदवार शेरधन राईको गाडीमाथि बम प्रहार भएपछि विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्तालाई प्रहरीले भोजपुरका विभिन्न स्थानबाट प्रक्राउ गरेको हो ।

टेम्केमैयुंग गाउँपालिका–२ छिनामखुबाट लोकबहादुर विष्ट, षडानन्द नगरपालिका–२ कुदाककाउलेबाट दुर्गा भट्टराई, षडानन्द नगरपालिका–१० बोयाबाट जीवन राई र भोजपुर नगरपालिकाबाट गोपाल पराजुलीलाई पक्राउ गरिएको प्रहरी निरीक्षक गितनारायण चौधरीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + 8 =