सुनसरी क्षेत्र नम्वर तीनमा आर्थिक समृद्धी र बिकास जोड दिईने भगवती चौधरीको भनाई

दुहवी, कात्तिक २५ । सुनसरी क्षेत्र नम्वर तीन मा वाम गठवन्धनकी साझा उमेदवार भगवती चौधरीले छिमेकी मुलुक भारत र चीनमा भएको विकासको समेत नेपालले अनुसरन गर्न नसकिएको आर्थिक समृद्धी र प्राविधिक विकासमा हामी निकै पछाडी रहेको स्मरण गराउदै अव पनी हामी चुक्यौ भने हाम्रो ठुलो भुल हुनेछ त्यस कारण जनताले दिएको एक एक मतको कदर गर्दै क्षेत्र नम्वर तीनलाई देशकै नमूना वनाउने वताउनुभएको छ ।

बाम गठवन्धनले सुनसरी ईटहरी, वर्जुको अमाहीवेलाहा र चिमडी, दुहवीको सोनापुरमा सञ्चालन गरेको घरदैलो तथा कोण सभा कार्यक्रमलाई सम्वोधन गर्दै उहाँले जनताको आर्थिक समृद्धी र जिवनस्तर परिवर्तन ल्याउन काम गरेर देखाउने प्रतिवद्धता जनाउनुभयो । कार्यक्रममा लोकतान्त्रिक फोरम लगायतका पार्टी परित्याग गरी एमाले प्रवेश गरेका दुई सय नेता कार्यकर्तालाई उहाँले अविर लगाएर पार्टीमा स्वागत गर्नुभयो । उनीहरुले आफूहरु रहेको पार्टीमा तानाशाही प्रबृति रहेको र जनताको समस्याहरुको उचित सम्वोधन नगरिएको कारण एमाले प्रवेश गर्नु परेको वताए ।

पार्टीको नेतृत्ववाट आश्वासन मात्र भएको जनताका लागि कुनै काम नगरी पैसा र पद भएकाहरुलाई मुल्याङ्कन गरिएका कारण आफूहरु पार्टी परित्याग गरी वताए । पार्टी परित्याग गरी एमाले प्रवेश गर्ने ब्यक्तिहरुले सुनसरी क्षेत्र नम्वर तीनको सम्वृद्धि र विकास भगवति चौधरीको नेतृत्वमा मात्र हुन सक्ने विश्वासमा एमाले प्रवेश गरेको वताएका छन । सुनसरी क्षेत्र नम्वर तीनमा जनताले नेतृत्व परिवर्तन गर्न चाहेकाले त्यसको नेतृत्व वोक्न सक्ने क्षमता भगवती चौधरीमा मात्र भएको दावी समेत गरे ।
चौधरीले झुठा आश्वासन, पद र पैसाको प्रलोभन देखाउनेले जनताको कहिल्यै पनि भलो नगर्ने भन्दै सचेत गराउनु भयो । बहाँले सुनसरी क्षेत्र नम्वर तीनको विकास र सम्वृद्धिको अभियानमा अग्रसर हुन जनतालाई आग्रह गर्नुभयो ।








