बुढासुब्बा गोल्डकपमा थ्रीस्टार र दुर्गापुर स्टील कलकता भिड्दै

भरतराज शर्मा (गोपाल)

धरान, माघ २५ । सुनसरीको धरानमा जारी २० औँ बुढासुब्बा गोल्डकप फुटबलको अन्तिम सेमिफाईनलमा आज(बिहिबार) थ्रीस्टार क्लब र दुर्गापुर स्टील कतकता बीच प्रतिस्पर्धा हुदैछ । थ्रीस्टार र दुर्गापुर दुबै टोली सहज जित सहित फाईनल चरणको यात्रामा स्थान बनाउने प्रयासमा रहेका छन् ।

धरान रंगशालामा आज दियसो साढे २ खेल शुरु हुँदैछ । यसअघि बुधबारको सेमिफाईनल खेलमा नेपाल पुलिस क्लब, संकटा कल्ब काठमाडौलाई हराउदै फाईनलमा प्रबेश गरिसको छ । आज हुने अन्तीम सेमिफाईनलमा जसले जित्ने हो उसको दोश्रो नगद तीन लाखको पुरस्कार सुरक्षित हुनेछ । २७ गते शनिबार हुने फाईनल खेलका लागी आज बिहिबार अन्तीम खेल हुदैछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + eighteen =