राम रहीमकै आरोपमा मुछिएका थिए ओशो र साईं बाबापनि

हिन्दु धर्मको आलोचना गर्नेहरुले भारतलाई ‘बाबाहरुको भण्डार’ पनि भन्ने गर्छन् । बाबाप्रति आस्था राख्नेलाई ‘वेवकुफ’ भनेर पनि गाली गर्ने गरिन्छ ।

हुनपनि बाबाहरु कतिसम्मका ढोंगी र कलंकित हुन्छन् भन्ने कुरा हालैको एक घटनाले प्रमाणित गरिदिएको छ । विश्वभर आफ्ना करोडौं समर्थक रहेको बताउने एक विवादित बाबा गुरमीत राम सहिम सिंहलाई बलात्कारको आरोपमा जेल सजया सुनाइएपछि विवादित बाबाहरुको इतिहास पनि सार्वजनिक हुन थालेका छन् ।

विवादित बाबाको लिस्टमा आशाराम बापूदेखि नित्यानन्द र सन्त रामपालदेखि निर्मल बाबाको नाम अगाडि आउँछ । अन्य कैयौं बाबा छन् जो विभिन्न प्रकारका विवादमा मुछिएका छन् ।

विवादमा मुछिएका यस्ता बाबा पनि छन्, जो अहिले यो दुनियमा छैनन् र मानिसहरु उनीहरुलाई भगवान जस्तै मानेर पूजा गर्छन् । ती बाबाको नाम हो आचार्य रजनी ‘ओशो’ र साई बाबा ।

आचार्य रजनीश ‘ओशो’


२० औं सताब्दीका आध्यात्मिक गुरुमध्ये ओशोको नाम प्रमुखताको साथ लिइन्छ । ओशो त्यस्ता व्यक्तिमध्ये एक थिए, जसले सबै धर्मको खण्डन गर्दै आफ्नो एक अलग्गै सिद्धान्त (पथ) बनाए । ओशोको सिद्धान्तले कैयौं पश्चिमाहरु (खासगरेर अमेरिकीहरु)को जीवन परिवर्तन गरको पनि भनिन्छ ।

तर उनी पनि त्यसबेला विवाद मुक्त रहेनन् । उनीमाथि खुला रुपमा व्यभिचार गर्ने, अमेरिकास्थित आफ्नो आश्रममा एक अमेरिकी समर्थकको हत्या गर्न योजना बनाउनेजस्ता गम्भीर आरोप उनीमाथि लागे ।

साईं बाबा


सत्य साईं बाबा, जो आफूलाई शिरडीका साईं बाबाको अवतार बताउँथे । अहिले पनि मानिसहरु उनको पूजा गर्छन् । तर उनीपनि विवादमुक्त रहन सकेनन् ।

साईं बाबामाथि यस्तो सम्मको आरोप लाग्यो कि, जादू टुना गरेर उनले सम्पत्ति चोर्ने गर्छन् । खुला सभामा नै जादु  गरेर आफ्ना समर्थकलाई सुनको सिक्री, जन्तर दिने साईं बाबालाई एक जादूगर र ढोंगी भनेर आलोचना पनि गरिन्थ्यो ।

उनलाई अकूत सम्पत्ती जम्मा गरेको आरोप पनि लाग्यो । गरीब परिवारमा जन्भिएका उनले जीवनमा धेरै धन कमाए । तर त्यसको स्रोत नखुलेको भन्दै भारतीय सरकारले अनुसन्धान गर्ने प्रयास पनि गर्यो । तर साईं बाबाले आफूमाथि लाग्ने गरेका कुनै पनि आरोपको जवाफ दिएनन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × two =