राष्ट्रपतिद्वारा नेपाल चेम्बर एक्सपो–२०१७ काे उद्घाटन

मंसिर १४, काठमाडाैं । भृकुटीमण्डपमा नेपाल चेम्बर एक्सपो–२०१७ काे सुभारम्भ गरिएकाे छ । सम्मानित राष्ट्रपति विद्यादेवी भण्डारीबाट एक्सपाेकाे उद्घाटन गरिएकाे हाे । नेपाल चेम्बर अफ कमर्सले देशको आर्थिक विकासलाई गति दिने उद्देश्यले भृकुटीमण्डपमा एक्सपोकाे आयोजना गरिएकाे हाे ।

कार्यक्रमकाे प्रमुख अतिथि समेत रहनु भएकी राष्ट्रपति भण्डारीले उद्घाटनका क्रममा आर्थिक असमानताकाे अन्त्य गर्दै समाजवाद उन्मुख अर्थतन्त्रमा जाेडदिनु पर्ने बताउनु भयाे ।

एक्सपाे यही मङ्सिर १४ देखि १८ गतेसम्म आयोजना हुने छ । मेलामा कुल २५० स्टल रहकाे छ । भने नेपाल, भारत, थाइल्याण्ड, पाकिस्तान, बङ्गलादेश, चीन, कोरिया, जापानलगायतका विभिन्न मुलुकका ९० कम्पनीको उत्पादन प्रदर्शनीमा राखिएकाे छ । पार्टनर कन्ट्री दक्षिण कोरियाका २३ तथा फोकस कन्ट्री थाइल्याण्डको १५ वटा स्टल समेत एक्पाेमा राखिएकाे छ ।

चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले स्वागत मन्तव्य राख्नु हुँदै, आज देखि सुरु मेलाको उद्देश्य व्यापार गर्नेभन्दा पनि कोरिया, जापान तथा थाइल्याण्डको उत्पादन तथा सामग्री उपभोक्तालाई चिनाउने रहेको बताउनु भयाे ।

एक्सपोमा अटोमोबाइल, विद्युतीय सामग्री, फर्निसिङ, होम एप्लायन्स, फेसन वयेर तथा एक्सेसरीज, मोबाइल तथा ग्याजेट जस्ता वस्तु आगन्तुकको आकर्षणको केन्द्र बन्ने आयोजकको आशा छ ।

नेपालस्थित दक्षिण कोरियाली दूतावासका काउन्सिलर तथा डिसिएम योल काङले दक्षिण कोरियाले नेपालको आर्थिक विकासमा सहयोग गर्दै आएको र पछिल्ला दिन दुई मुलुकबीचको व्यापार विस्तार हुँदै गएको बताउनु भयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + five =