बर्दियामा करेन्ट लागेर एकको मृत्यु
२०७४ जेठ १५ गते

बर्दिया, असोज २६ । बर्दियामा आज ट्रकमा करेन्ट लागेर एकजनाको मृत्युभएको छ । बर्दियाको ठाकुरबाबा नगरपालिकाबाट धानको भुस बोकेर पोखराका लागि छुटेको ना ३ ख ५४८८ नम्बरको ट्रकमा करेन्ट लाग्दा बाँसगढी नगरपालिका–३ का २० वर्षीय बलिराम थारुको मृत्यु भएको हो ।
ट्रकमा करेन्ट लाग्दा बाँसगढी–३ कै २१ बर्षिय अर्जुन थारुको घाइते हुनुभएको छ । घाइते थारुको बाँकेको कोहलपुर शिक्षण अस्पतालमा उपचार भइरहेको रहेको छ । सडक पार गर्ने क्रममा ट्रकको छतमा बसेका उनीहरुलाई विजुलीको तारले छुदा करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो ।
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








