काठमाडौमा मंगलबार देखि दशौँ दक्षिण एशियाली आर्थिक सम्मेलन हुने

काठमाडौं, कात्तिक २७ । काठमाडौमा मंगलबार देखि दशौँ दक्षिण एशियाली आर्थिक सम्मेलन हुने भएको छ । दक्षिण एसियाको आर्थिक सामाजिक बिकाशमा देखिएका समस्या बारे छलफल गर्न यो सम्मेलन हुन लागेको हो । नेपाल सरकार, राष्ट्रिय योजना आयोग वाणिज्य मन्त्रालय र साउती नेपालको आयोजनामा दशौं संस्करणको सम्मेलन हुने भएको हो ।
सोमबार राष्ट्रिय योजना आयोगले पत्रकार सम्मेलन गर्दै दक्षिण एशियाली आर्थिक सम्मेलन हुने भएको जानकारी दिएको छ । दक्षिण एसियाको विकासमा देखिएका समस्याका सम्बन्धमा बिज्ञहरुले कार्यपत्र प्रस्तुत गर्ने र ती कार्यपत्रहरुमा बिभिन्न समूहमा छलफल गर्ने कार्यक्रम रहेको छ । सम्मेलनमा दक्षिण एसियाली मुलुकका २०० भन्दा विज्ञ प्रतिनिधिहरुको सहभागिता हुने छ ।
आगामी बिहिबार सम्म चल्ने सम्मेलनमा अन्तरक्षेत्रीय व्यापार र सम्भावना पहिल्याउने, दिगो विकासका लक्ष्यका प्राप्तिका लागि सामुहिक रणनीति बनाउने , समावेशी विकासका अवधा।णाहरु, जलबायु परिबर्तन, अन्तरक्षेत्रीय लगानी, प्रकोप तथा जोखिम न्यूनीकरणजस्ता विषयमा छलफल हुने कार्य तालिका रहेको छ ।








