पत्रकारहरुले स्वच्छ रुपमा पत्रकारिता गर्न आचारसहिता पालना गर्नुपर्ने

असार ९, नेपालगन्ज । पत्रकार आचारसहिता कायन्वय गर्न सके मात्र पत्रकारहरुले स्वच्छ रुपमा पत्रकारिता गर्न सक्ने एक कार्यक्रमका सहभागिले बताइएका छन् । आज स्थानीय निर्वाचनमा पत्रकार आचारसंहिता र कार्यान्वयनका विषयमा नेपालगन्जमा आयोजित अन्तरक्रिया कार्यक्रममा पत्रकारहरु तथा सञ्चारमाध्यमले पूर्ण रुपमा पत्रकार आचारसंहिता कार्यन्वय नगरेको बताएका छन् । आचासहिंता उलङ्घन गर्ने पत्रकार तथा मिडिया एक वा दुर्इ जनालार्इ मात्र कारबाही गर्न सकेपनि कार्यन्वयनमा धेरै टेवा पुग्ने बताउनुभयो ।
प्रेस काउन्सिल नेपाल र नेपाल पत्रकार महासंघ बाँकेको आयोजनामा पत्रकार आचारसंहिता पालनामा काउन्सिल र मिडियाको भूमिका विषयक अन्तरक्रिया आयोजना गरेको हो । कार्यक्रममा प्रेस काउन्सील नेपालका सूचना अधिकारी दिपक खनालले बोल्दै निर्वाचनमा पत्रकारले संवेदनशिल भएर आंचारहिता पूर्ण रुपमा लागु गरी रिपोटिङ गर्नुपर्ने बताउनुभयो । खनाललले प्रेस काउन्सीलले आचांरसिहता कार्यन्वय भए नभएको बारेमा अगनुमन पनि गरीरहेको बताउनुभयो । काउन्सीलकी सदस्य सुवेच्छा विन्दु, बाँकेका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थ, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य झलक गैरे, बाके अध्यक्ष ठाकुर सिंह थारु लगायत नेपालगन्ज उपमहानगरपालिकाका मेयर उम्मेदवारहरु लगायत जिल्लाका क्रियाशील पत्रकारको सहभागीता रहेको थियो ।









