घुस लिँदालिँदै सिरहाका इन्जिनियर यादव पक्राउ

लहान, पुस ४ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सोमबार साँझ सिरहाको लहानबाट घुस लिएको आरोपमा जिल्ला प्राविधिक कार्यालय, सिरहाका इन्जिनियर रामबहादुर यादवलाई पक्राउ गरेको छ ।

सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका–३ का रामजानकी कन्स्ट्रक्सन दर्ताका लागि सिफारिश पाउन कात्तिक १२ गते जिल्ला प्राविधिक कार्यालय, सिरहामा निवेदन दिँदा सिफारिशबापत इन्जिनियर यादवले घुस माग गरेका थिए ।

कार्यालयमा घुस लिन नमिल्ने भन्दै रामजानकी कन्स्ट्रक्सनका प्रोप्राइटरले लहानको महावीर मिष्ठान्न भन्डारमा घूसबापत रु आठ हजार दिने क्रममा अख्तियारको टोलीले इन्जिनियर यादवलाई पक्राउ गरेको अख्तियारका प्रहरी उपरीक्षक कृष्णसिंह थापाले जानकारी दिए ।

घरेलु तथा साना उद्योग कार्यालय, लहानले कन्स्ट्रक्सन दर्ताका लागि जिल्ला प्राविधिक कार्यालय, सिरहाको सिफारिश माग गरेको थियो । पक्राउ परेका यादवलाई विशेष अनुसन्धानका लागि अख्तियारको क्षेत्रीय कार्यालय इटहरी लगिएको प्रहरी उपरीक्षक थापाले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × one =