बिजयपुर किँरात राजाको दरबार लागु औषध प्रयोगकर्ताको अखडा बन्दै

धरान (सुनसरी), माघ २६ । सुनसरीको धरान उप-महानगरपालिका वडा नं १४ दर्ना स्थित रहेको तत्कालीन बिजयपुर राज्य चर्चित र शक्तिशाली राज्य मानिन्थ्यो । शक्तिशाली राज्य र विशेष महत्त्व पाएको बिजयपुर दरबारको भग्नावशेष दरबार र त्यस वरपरको क्षेत्रको अस्तित्व नै हाल सङ्कटमा परेको छ । बिरात राजाहरूको दरबार रहेको स्थान बिजयपुर अहिले खण्डहर तथा धरानको खानेपानी योजना अन्तर्गत रहेको एडीबी खानेपानी ट्याङ्की निर्माणमा भइरहेको पहलका कारण बिजयपुरको अस्तित्व नै सङ्कटमा पर्न लागेको हो ।

यहाँ दरबारका केही अवशेष मात्रै बाँकी छन् तर ऐतिहाँसिक संरचना केही पनि देखिँदैनन् । दरबार रहेको बिजयपुर डाँडा केवल नाङ्गो डाँडो र दरबार निर्माणमा प्रयोग भएका पुरानो केही ढुङ्गा मात्रै रहेकाले यहाँ दरबार थियो भनेर चिन्न सकिने आधार मात्रै छन् ।

धरानका स्थानीय भक्त लिम्बु उहिँले/उहिँले भत्किएपछि ५ फिट सम्मका लामा लामा ढुङ्गाहरू देखिन्थे अहिले तिं ढुङ्गा समेत कहाँ गए अत्तो पत्तो छैन । दरबार लोप भए पनि ढुङ्गा बाहेक सबै कला कौशल र एतिहासिक चिजबस्तु हराएर गएको लिम्बु बताउँछन् । पछि ढुगामा कुदिएका केही मूर्ती लगायत स सान तथा ठुला ढुगाका सामानहरू स्थानीयले दरबार नजिकै वरिपरि रहेको सुकुम्बासी बस्तीको घरहरूमा रहेका देख्न पाईन्छन ।

लागु औषध प्रयोगकर्ताको अखडा

तत्कालीन निकै सुन्दर र आकर्षक देखिने बिजयपुर किराँत राजाको दरबार क्षेत्र अहिले लागु औषध प्रयोग कर्ता तथा माया प्रीति साटने जोडिहरुको अखडा बनेको छ भने वरिपरि अनेक प्रकारका झार उम्रिएका छन् । सदियौदेखी को बिजयपुर दरबारका मुख्य हकदारहरू यहाँ नहुँदा ऐतिहासिक र पुरातात्विक क्षेत्र र सम्पदाले कुनै भाउ नपाएको र अस्तित्व नै सङ्कटमा परेको स्थानीयहरूको भनाई छ । स्थानीय बिजयपुर दरबार क्षेत्र परिसरमा रहेको पाथिभरा मन्दिर रेखदेख गर्ने यशोधा कोइराला भन्छिन्-`राजाको शासन सकिएसँगै पुरानो र ऐतिहासिक महत्त्वको बिजयपुर दरबार पनि ओझेलमा पर्‍यो ।” यस क्षेत्रको संरक्षण र सम्बद्र्धन गरी पर्यटन क्षेत्रका रूपमा विकास गर्न सके अझैं पनि राम्रो हुने थियो ।’ दरबार भएको क्षेत्रलाई सार्वजनिक बनाएर सबै किरातीहरुको साझा सम्पत्तिका रूपमा उपयोग गर्ने विषयमा विभिन्न समयको प्रयास असफल भएको स्थानीय सुवास हुप्पा चोङवाङको भनाई छ ।

सङ्ग्रहालय निर्माणमा जोड

यसलाई सबैको साझा सम्पत्तिको रूपमा ग्रहण गरी यस क्षेत्रको संरक्षण गरेर पर्यटन क्षेत्रका रूपमा विकास गर्न जरुरी रहेको उनले बताए । ध्वस्त संरचना र दरबारलाई पुरानै अवस्थामा फर्काउन नसके पनि ऐतिहासिक कोटको उत्खनन गरी त्यहाँ भेटिने पुरातात्विक बस्तुलाई सोही स्थानमा सङ्ग्रहालय बनाई पर्यटन पबद्र्धनमा जोड दिनुपर्ने उनको भनाई छ ।

 

दरबार सँगै जोडिएको मन्दिर र नजिकै रहेको ऐतिहासिक र पुरातात्विक सम्पदा  प्रचार प्रसार, उचित रेखदेख र संरक्षण तथा विकास हुन नसक्दा ओझेलमा परेको पुरातत्व विभाग क्षेत्रीय कार्यालय धनकुटाका प्रमुख चन्द्र प्रसाद अधिकारीको भनाई छ । दरबार क्षेत्रमा एडीबीद्धारा खानेपानी निर्माणको तयारी गरीएसंगै धरानमा विभिन्न जातीय संघसंस्थाद्धारा ऐतिहासिक अस्तित्व मेटिने भन्दै खानेपानी निर्माणमा रोक लागाउन विभिन्न आन्दोलनका कार्यक्रमहरू ल्याएसँगै अधिकारी गत शनिवार अनुगमनका लागी धरान १४ स्थित बिजयपुर दरबार आएका थिए । अधिकारीका अनुसार आफू बिजयपुर दरबारसँग सम्बन्धित भेटिएका केही प्रमाणहरूका आधारमा बिजयपुरको अवस्थित र किराँत राजाको दरबार निकै कलात्मक र ऐतिहासिक रहेको अनुमान लगाउन सकिन्छ भनेका छन् ।

अधिकारीले अनुगमनको क्रममा दरबारलाई पुनः निर्माण गर्नुपर्ने सवाल उठिरहेपनि आफूले देखेका कुरा माथिल्लो निकायमा सम्बन्धित निकायसँग समन्वय गरेर रिपोट पठाईदिन सक्ने बताए । तर उनले पछिल्लो समय दरबार क्षेत्रदेखि केही तलसम्मका भूभागमा सुकुम्बासी बस्ती बसिसकेकोले सो क्षेत्रमा उत्खनन गर्न सम्भव नरहेको बताए । यसले बिजयपुर एतिहासिक दरबार र ऐतिहासिक राज्यको महत्त्वलाई फिका बनाइरहेको छ । तर थोरै भए पनि बिजयपुर दरबारको अस्तित्व फर्काउनका लागि दरबारको सेन्ट्रीगेटलाई उत्खनन गर्न सकिने अधिकारीको तर्क थियो ।

सुकुम्बासी बस्ती समस्या

यता बिजयपुर दरबारमा निर्माण हुन लागेको खानेपानीको टयाङकी निर्माण रोक्नका लागी विभिन्न जातीय सम्मिलित निर्माण भएको सङ्घर्ष समितिले उत्खन्नका लागी पहलकदमी गरिनु सकारात्मक भएको भएको भए पनि दरबारको बिचमा पानी टयाङकी निर्माण गरिनु उचित नहुने बताएका छन्। हजारौँ वर्ष पुरानो इतिहास बोकेको बिजयपुर राज्य, त्यस वरपर रहेका अन्य ऐतिहासिक सम्पदाहरूको खोज अनुसन्धान, प्रचारप्रसार र संरक्षण हुन नसक्दा यहाँको अस्तित्व सङ्कटमा परेको सङ्घर्ष समितिका सम्योजक सुवास हुप्पाचोङवाङले जनाएको छ । हालको धरान उपमहानगरपािलका १४ तत्कालीन बिजयपुर दरबार राज्यमा पर्ने विभिन्न पौराणिक तथा ऐतिहाँसिक स्थलहरू (भग्नावशेष दरबार, ढुंगेधारा, पार्टीपौवा, आदि क्षेत्रको संरक्षण, सम्बद्र्धन, पुनःनिर्माण र प्रचारप्रसार गर्न सके एतिहासिक र धार्मिक पर्यटकीय क्षेत्रको रूपमा समेत विकास हुने स्थानीय बासिन्दाहरु बताउँछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + 7 =