पाकिस्तान विरुद्ध न्युजिल्याण्डको जित
२०७४ जेठ १५ गते

काठमाडौं, पुस २५ । पाकिस्तान विरुद्धको पाँच खेलको एकदिवसीय सिरिजमा घरेलु टिम न्युजिल्यान्डले २–० को अग्रता लिएको छ ।
लगातार दोस्रो खेलमा जित निकाल्ने क्रममा न्युजिल्यान्डले आज पाकिस्तानलाई डिएल मेथडमा ८ विकेटले हराएको हो ।
पाकिस्तानले दिएको २ सय ४७ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्डले २३.५ ओभरमा २ विकेटको क्षतिमा १ सय ५१ रन जोड्दा खेल वर्षाले प्रभावित बनेको थियो ।

त्यसपछि खेल हुन नसकेपछि न्युजिल्यान्डले डिएल मेथडमा खेल जितेको हो ।न्युजिल्यान्डका लागि मार्टिन गुपटिलले नटआउट ८६ र रोश टेलरले नटआउट ४५ रन जोडे।
त्यसअघि पाकिस्तानले ९ विकेटको क्षतिमा २ सय ४६ रन जोड्यो । पाकिस्तानका लागि मोहमद हाफिजले ६० रन जोड्दा सादब खानले ५२ र हसन अलिले ५१ रन जोडे। बलिङतर्फ न्युजिल्यान्डका लोकी फर्ग्युसनले ३ विकेट लिए।
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








