अवैध सुन सहित पक्राउ

काठमाडौँ, जेठ ३० । भन्सार छलि चोरी पैठारी गरी गाडीमा प्रयोग हुने मास्टर सिलिण्डर भित्र लुकाई छिपाई ल्याएको १ केजी ४ सय ग्राम अवैध सुन सहित २ जनालाई आइतबार महानगरीय अपराध महाशाखाको प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा ललितपुर महानगरपालिका–३० हरिसिद्धि बस्ने भोजपुर जरायोटार–२ की २४ बर्षीया रोजिना राई र काठमाडौँ गोंगबु बस्ने सुनसरी ईटहरी उपमहानगरपालिका–५ का ३३ बर्षीय दिपक प्रधान रहेका छन् ।

अन्तर्राष्ट्रिय विमानस्थलको प्रयोग गरी केही व्यक्तिहरुले विभिन्न देशहरूबाट भन्सार छलि अवैध रुपमा सुन चोरी पैठारी गरी खरिद विक्री कार्य गरेको खबर प्राप्त भएपछि खटिएको प्रहरीले उनीहरुलाई काठमाडौँ महानगरपालिका–९ तिलगंगाबाट उक्त सुन सहित पक्राउ गरेको थियो ।

उनीहरुलाई आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर टेकु काठमाडौँमा पठाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 5 =