एमाले मात्र दोश्रो चरणको निर्वाचन एकै पटक गर्ने पक्षमा

लोकेन्द्र थापा, नेपालगन्ज । दोश्रो चरणको निर्वाचन एकै पटक गर्ने पक्षमा एमाले मात्र रहेको नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष वामदेब गौतमले बताउनुभएको छ ।
सोमवार प्रेस चौतारी नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा नेता वामदेव गौतमले सत्तापक्षमा रहेका राजनितीक दलहरुका कारण बैशाख ३१ मा एक चरण र मधेसी दललार्इ चुनाबमा ल्याउने नाममा उनिहरु मिलेको आरोप लगाउनुभयो । जेठ ३१ लाई सारेर असार १४ सम्म पुर्याउनु नै सत्तापक्षको एमालेलाई हराउने चलखेल रहेको उहाँले बताउनुभयो । बाँकी रहेका चार प्रदेशका सबै पार्टी चुनाव लड्न तयार रहेपनि सत्तापक्षको चलखेलले प्रदेश नं २ मा  चुनाव सारेको नेता गौतमले बताउनुभयो ।
पहिले पनि सत्तापक्षमा रहेका दलहरुले आफ्नो पकड क्षेत्रमा चुनाव गराएपनि एमालेको साथमा जनता देखेपछि अनेक बहाना बनाउदै हिडेको गौतमको भनाई छ । पहिलो चरणको चुनावले देशमा एमालेको शक्ति देखिएको र दोश्रो तहको निर्वाचनमा अझ शक्ति देख्न बाँकी रहेका उहाँले बताउनु भयो । पत्रकार सम्मेलनमा बोल्दै नेता गौतमले पहिलो पटक संविधान जारी भैसकेपछि हुन लागेको ऐतिहासिक निर्बाचनमा अनेक किसिमले धाधली गर्ने र जनतामा भ्रम सिर्जना गर्ने कामहरु हुन थालेको बताउनु भयो ।
निर्बाचन एउटा प्रक्रिया भएको हुनाले नेकपा एमाले जस्तो सुकै प्रतिकुल अबस्थामा पनि निर्बाचनमा सामेल हुने जिकिर उहाँ गर्नुभयो । स्थानिय तहको चुनाबमा यस कारण एमालेमय भएका छौ की पहिलो चरणको निर्बाचन भन्दा पनि असार १४ को परिणाम अझ राम्रो हुने गौतमले बताउनुभयो । उहाँले हामीले हारेका पनि थियौ तर अरु पार्टि भन्दा धेरै ठाउँमा जितेको र यो भन्दा नी अझ राम्रो असार १४ को परिणामले देखाउने बिश्वस्त भएको बताउनु भयो ।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + 10 =