Abroad Study मा मेट्स एजुकेशनको योगदान

शैक्षिक परामर्श संस्थाहरूमा छुट्टै पहिचान स्थापित गर्न सफल कन्सल्टेन्सीको नाम लिनुपर्दा राजधानीको पुतलिसडक स्थित मेट्स एजुकेशन अग्रपंङ्तीमा आउँछ । सन् २००७ बाट सञ्चालनमा आएको मेट्स एजुकेशनले अस्ट्रेलिया, न्युजलेण्ड र क्यानडाका विभिन्न कजेल तथा विश्वविद्यालयहरूका लागि काम गर्दै आइरहेको छ । भने, मुख्य रूपमा अस्ट्रेलिया जाने विद्यार्थीको करियर काउन्सेलिङलाई प्राथमिकतामा राखेर कार्य गर्दै आइरहेको छ । मेट्स एजुकेशनले देशका विभिन्न क्षेत्रमा आफ्नो शाखा स्थापना गरेर विद्यार्थीलाई सेवा दिइरहेको छ । यस पटक हामीले मेट्सको मुख्य कार्यालय र शाखा कार्यालयका पदाधिकारीहरूलाई मेट्स एजुकेशन तथा विद्यार्थीको करियरका विषयमा जानकारी लिएका छौँ ।
शैक्षिक परामर्श व्यवसायको चुनौतिः अस्वस्थ प्रतिस्पर्धा
प्रकाश पाण्डे, निर्देशक
सन् २००८ बाट राजधानीको पुतलीसडकमा मेट्सको प्रधान कार्यालय स्थापना गर्यौँ । त्यसको एक वर्षभित्र हामीले चितवनको नारायणगढमा पनि शाखा स्थापना गर्न सफल भयौँ । हाल चितवनमा दुई स्थानमा शाखा छन् भने, देशभरि पाँच स्थानमा शाखा छन् । यी शाखाहरूबाट हामीले विद्यार्थीलाई करियर काउन्सेलिङ गरिरहेका छौँ ।
दुःख, चुनौती र समस्याहरू त जुन पेसामा उत्तिकै छन् । शैक्षिक परामर्श व्यवसायमा पनि छन् । सबैभन्दा महत्त्वपूर्ण त ती सबैसँग ‘फेस’ गर्न सक्नु नै महान् कुरा हो । शाखा विस्तार गर्नुपूर्व मेट्सको पहिचान बनाउन कम्ती ‘पापड’ पेल्नु परेन तर, सफल भइछाड्यो ।
कहिलेकाहीँ इमान्दार र जेहेन्दार विद्यार्थीले पनि भिसा नपाउँदा केही गडबडी भएको देखिन्छ । तर, मेट्सले यस्ता समस्याहरू आइ नपरोस भनेर सुरु देखिनै विद्यार्थीहरूको ‘प्रोफाइल’ हेरेर काम गर्ने गरेको छ । यो क्षेत्रको मुख्य चुनौती भनेको असीमित सङ्ख्यामा अस्वस्थ तवरले बजारमा कन्सल्टेन्सीहरुको वृद्धि हुनु हो । ती सबैले इमान्दारपूर्वक काम नगर्दा कहिलेकाहीँ इमान्दारपूर्वक काम गर्दा पनि समस्या आइपर्छ । बोरामा एउटा आलु बिग्रियो भन्दैमा राम्रा काम गर्नेलाई पनि त्यही नजरले हेरिँदा राम्रा शैक्षिक संस्थाहरूमा आँच पुगेको छ । यसले विद्यार्थी र राम्रा शैक्षिक संस्थाहरू मारमा परेका छन् । यसकारण अब राज्यले यो विषयमा गम्भीर हुनुपर्ने देखिन्छ ।
गुणस्तरीय शिक्षा हासिल गर्न विदेश जानुपर्छ
समीर सुवेदी, बुटवल

बुटवलमा मेट्सको शाखा स्थापना गरेको भर्खरै १ महिना भए पनि ‘अफिसियल्ली’ रूपमा बाहिर सार्वजनिक गरिसकेका छैनौँ । माघ ८ गतेभित्र औपचारिक रूपमा कार्यालय उद्घाटन गर्न लागेको छौँ ।
विद्यार्थीहरू IELTS अध्ययन गरेर नर्सिङ, आइटी, व्यवस्थापन, कृषि लगायतका विधामा अध्ययन गर्न अस्ट्रेलिया जाने गरेका छन् । हामीले विद्यार्थीहरूको करियर निर्माणमा पुलको भूमिका मात्रै खेल्ने गरेका छौँ । विद्यार्थीले अस्ट्रेलियामा अध्ययन र व्यवहारिक सिप सिकेर स्वदेशमै केही गरून् भन्ने हेतुले उचित परामर्श दिन्छौँ ।
अहिलेको देशको परिस्थिति, बेरोजगार, आमहड्ताल र राजनीतिक अस्थिरताका कारण धेरै नेपाली विद्यार्थीहरू विदेश जाने मनस्थितमा पुगेको देखिन्छ । विदेश भन्ने बित्तिकै विद्यार्थीमा सकारात्मक नकारात्मक दुवै विचार हुन्छ । यथार्थमा आफू जाने देशको आवश्यक्ता र विद्यार्थीको योग्यताले यो कुरा निर्धारण गर्छ । पढ्न विदेश नै जानुपर्छ भन्ने त छैन । तर, राम्रो शिक्षा हासिल गरी स्वदेशमै आएर केही गर्ने चाहना छ भने विदेश जाँदा हुन्छ ।
देशमा भर्खंरै स्थानीय तह, प्रदेश र प्रतिनिधि सभाका निर्वाचन सम्पन्न भएका छन् । देश सङ्घीयतामा प्रवेश गरिसकेको अवस्था छ । अब स्थायी सरकार बन्नेमा नेपालीहरूले आशा गरेका छन् । अब, विद्यार्थीहरूले बहर गएर उच्च शिक्षा हासिल गरेर स्वदेश फर्किएर आफ्नो सिप प्रदर्शन गरेर देश विकास गर्ने वातावरण सिर्जना भएको छ ।
अस्ट्रेलिया अध्ययनकै लागि जाने हो
टुकराज पङ्गेनी, पर्सा, चितवन

पर्साको सिनेमा रोड, खैरेनी–८ मा मेट्सको शाखा कार्यालय सञ्चालनमा ल्याउन सफल भएका छौँ । विद्यार्थी र अभिभावकलाई गुणस्तरीय सेवा दिनकै लागि मेट्सले यहाँ शाखा कार्यालय स्थापना गरेको हो । यसअघि विद्यार्थीहरू अध्ययनका लागि पर्साबाट नारायणगढ जानुपर्ने बाध्यता थियो । त्यो बाध्यताको अन्त्य भएको छ । यसको सम्पूर्ण श्रेय अभिभावक र विद्यार्थीलाई जान्छ ।
शाखा कार्यालय सञ्चालनमा आएको छोटो समयमै मेट्सले दर्जनौं विद्यार्थी र अभिभावकहरूको सेवा गर्ने मौका पाएको छ । अझै हामी थप सेवा दिन तल्लीन छौँ ।
हाल कार्यालयमा २ जना ‘काउन्सलर’ले विद्यार्थीहरूलाई शैक्षिक परामर्श दिइरहनु भएको छ । मेट्समार्फत् (९९ प्रतिशत) विद्यार्थीहरू डिग्री हासिल गर्न अस्ट्रेलियाका विश्व विद्यालयमा अध्ययन गर्न जाने गरेका छन् । अस्ट्रेलियासँगै न्युजिल्याण्डका विद्यालयमा पनि केही विद्यार्थी अध्ययनका लागि इच्छा देखाएको देखिन्छ । समग्रमा भन्नुपर्दा विद्यार्थीहरू अस्ट्रेलियाकै लागि अध्ययन गर्न आउनुहुन्छ ।
अस्ट्रेलियामा पढ्न चाहने नयाँ विद्यार्थीका लागि अष्ट्रेलियन सरकारले अध्ययनसँगै हप्तामा २० घण्टा रोजगारीको पनि व्यवस्था गरेको छ । सधैँ परिवारसँग परनिर्भर नभई आत्म निर्भर बन्न विद्यार्थीहरूलाई राज्यले रोजगारीको व्यवस्था गरेको हो । उक्त समयमा विद्यार्थीहरूले आफ्ना लागि पकेट खर्च कमाउन सक्नेछन् ।
सङ्घर्ष नगरी फलको आशा गर्नु हुँदैन
देव बहादुर क्षेत्री, पोखरा

विद्यार्थी र अभिभावकको सेवामा समर्पित भएको पाँच महिना भईसक्यो । पोखरामा मेट्सले राजधानीबाटै अनुभवी र दक्ष शिक्षकहरुमार्फत् विद्यार्थीहरूलाई शैक्षिक सेवा प्रदान गर्दै आएको छ । बेलायतको क्याम्ब्रिज विश्व विद्यालयमा लामो समयदेखि अध्यापन गराउँदै आउनुभएका शिक्षक मकाइले नै विद्यार्थीहरूलाई अध्ययन गराइरहनु भएको छ । पोखराको शाखामा मकाइसहित चार जना शिक्षकहरूले विद्यार्थीहरूलाई सैद्धान्तिक र व्यवहारिक दुवै शिक्षा सिकाइरहनु भएको छ ।
अस्ट्रेलियामा एक दशक भन्दा बढी यो क्षेत्रमा काम गर्नुभएका काउन्सलरहरुले नै विद्यार्थीहरूलाई सैद्धान्तिक र व्यवहारिक ज्ञान दिने भएकोले विद्यार्थीमा द्विविधा छैन ।
विद्यार्थीहरूलाई हामीले अध्ययनका लागि कार्यालयमा आउँदा अभिभावकहरू पनि साथै लिएर आउन सुझाव दिँदै आएका छौं। जसले विद्यार्थी र अभिभावक दुवैको वास्तविकता बुझ्न गाह्रो परेको छैन । उहाँहरूले पनि मेट्सको बारेमा बुझ्ने मौका पाउनु भएको छ ।
अस्ट्रेलिया अध्ययनका लागि उच्च तहमा प्रथम श्रेणीमा (६० प्रतिशत माथि) उत्तीर्ण भएका विद्यार्थीहरू विदेश अध्ययनका लागि उपयुक्त मानिन्छन् । मेट्सले प्रथम श्रेणीमा उत्तीर्ण भएका विद्यार्थीहरूलाई मात्रै भर्ना लिने गरेको छ । यदाकदा विद्यार्थीहरूमा अध्ययनभन्दा पनि ‘भिसा लाग्छ कि लाग्दैन’ भन्नेमा अन्योल भएको सुनिन्छ । त्यो बिल्कुलै गलत सोचाइ हो । भिसा भन्दा पनि विद्यार्थीले अध्ययनलाई प्राथमिकता दिनुपर्छ । सङ्घर्ष नगरी फलको आशा गर्नु हुँदैन । IELTS मा ७ अङ्क प्रदान गर्ने विद्यार्थीले अस्ट्रेलिया जान नपाउने कुरै छैन ।
शैक्षिक परामर्श व्यवसायमा मेट्सको छुट्टै पहिचान
प्रकाश पौडेल, नारायणगढ चितवन

चितवनको नारायणघाटमा विगत १० वर्षदेखि मेट्सले विद्यार्थीहरूलाई शैक्षिक परामर्श दिइरहेको छ । हामीले संख्यात्मक भन्दा गुणात्मक सेवालाई प्राथमिकता दिएका छौँ । मेट्सले विद्यार्थीहरूको क्षमता अभिवृद्धिमा ‘फोकस’ गर्दै आफ्नो बेग्लै पहिचान बनाउन सफल भएको छ ।
मेट्समार्फत् सयौँ विद्यार्थीहरू अस्ट्रेलियाका विभिन्न कलेज तथा विश्वविद्यालयमा अध्ययन गरिरहेका छन् भने, कयौँ विद्यार्थीहरू त्यहाँबाट अध्यायसँगै सिप सिकेर नेपालमै आएर स्थापित हुनुभएको छ । जेहेन्दार विद्यार्थीलाई अस्ट्रेलिया होस् वा अन्य जुनसुकै देशमै गएर अध्ययन गर्न परेपनि समस्या आइपर्दैन । काठमाडौँको प्रधान कार्यालयकै दक्ष र अनुभवी शिक्षकहरूले यहाँ आएर विद्यार्थीहरूलाई काउन्सेलिङ गरिरहनु भएको छ । यसले विद्यार्थी र अभिभावकहरूको आर्थिक मात्र होइन समयको पनि बचत भएको छ ।
राम्रा विद्यार्थीलाई अस्ट्रेलियामा छात्रवृत्ति छ
प्रिया सरफ सिरोहिया, नयाँ बानेश्वर

नयाँबानेश्वरबाट मेट्सले सेवा सञ्चालन गरेको २ वर्ष भयो । यहाँ मेट्सले अस्ट्रेलियाका विश्वविद्यालयकै शैली अनुरूप शैक्षिक ज्ञान उपलब्ध गराउँदै आएको छ । अस्ट्रेलियामा विद्यार्थीहरूलाई सजिलै घुलमिल हुन र अध्ययनमा कुनै कठिनाइ नहोस् भनेर हामीले त्यहाँकै शिक्षा शैली अनुरूप अध्यापन गराइरहेका छौँ । अस्ट्रेलियाका राम्रा विश्वविद्यालयले विद्यार्थीहरूका लागि आकर्षक छात्रवृत्तिको पनि व्यवस्था गर्दै आएका छन् । जेहेन्दार र इमान्दार विद्यार्थीहरूले त्यो अवसरको सदुपयोग गर्नुभएको छ । उत्कृष्ट विद्यार्थीहरूका लागि अस्ट्रेलियाका कलेजहरूले राम्रो छात्रवृत्ति प्रदान गर्दै आएका छन् ।
हाल अस्ट्रेलियामा २२ हजार कोर्सेस र ११ सय इस्टिच्युसन शिक्षण संस्थाहरू रहेका छन् । त्यसमध्ये विद्यार्थीहरूले कार्पेन्ट्री, मेडिसिन, नर्सिङ, आइटी लगायतका विषयहरूको अध्ययन गर्न सक्छन् । नेपालबाट विद्यार्थीहरूले मुख्यगरी आइटी, व्यवस्थापन, नर्सिङ र थोरै मात्रामा कृषि विषयमा पनि अध्ययन गर्न जाने गरेका छन् ।
प्रस्तुतिः लोक राज रुम्दाली








