पुलिस क्लब बुढासुब्बा गोल्डकपको फाइनल प्रवेश

धरान, माघ २४ । २०औँ बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाईनल खेलमा नेपाल पुलिस क्लबले संकटा क्लबलाई २/१ गोलले हराउदै फाइनलमा प्रवेश गरेको छ । बुधबार धरानको प्रस्तावित क्षेत्रीय रंगशालामा भएको रोचक खेलमा पुलिसले संकटालाई हराएको हो ।

निकै प्रतिस्पर्धात्मक खेल भएपनि अन्तत संकटा पुलिससँग स्तब्ध बन्न पुग्यो । खेलको सुरुमा नै संकटाको तर्फबाट १९औँ मिनेटमा जर्सी नम्बर ७ का प्रकास बुढाथोकीले गोल गरेपनि सेमिफाईनल हार्नबाट संकटालाई कसैले टार्न सकेन ।

त्यसपछि निकै प्रतिस्पर्धात्मक खेल खेलेपनि संकटालाई पुलिसका जर्सी नं ११ का रेजन सुब्बा तथा जर्सी नं १९ का बुद्ध लामाले ६२औँ मिनेटमा गोल गर्दै खेलबाट बिदा गरेका थिए ।

योसँगै नेपाल पुलिस क्लब फाईनल खेलमा प्रवेश गरेको छ । संकटाले धरानको मैदानमा आफुलाई पुलिस भन्दा अब्बल देखाउन निकै मेहनत गर्याे । यद्यपी गोलको एक वाहेक अर्को स्कोर भने गर्न सकेन र फाईनल यात्रा समाप्त गर्यो ।

एकपछि अर्को मुभ बनाएको संकटाको प्रयासलाई हरेक पटक पुलिसका डिफेन्सले जोगाउँदै पुलिसलाई फाईनलको यात्रा तय गराउने भूमिका निर्वाह गरे ।

धरानको मैदानमा संकटा र नेपाल पुलिस क्लबको बुधबारको भेट भने पहिलो थियो ।

खेलमा पराजीत संकटा क्लबका जर्सी नं ७ का प्रकाश बुढाथोकी म्यान अफ दि म्याच हुन सफल भएका थिए ।

बिहिबारको अन्तीम सेमिफाईनल खेल रुस्लान थ्री स्टार क्लब र दुर्गापुर स्टील कलकता बीच दिउसो ३ बजे हुनेछ । खेलमा जसले जित्छ उ नै फाईनलको प्रतिद्धन्द्धी हुनेछ ।

फाईनल खेलको बिजेताले नगद ६ लाख तथा उपबिजेताले नगद ३ लाख पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − twelve =