भारतले सीमा मिचेको भन्दै सर्वोच्चमा रिट
२०७४ जेठ १५ गते

काठमाडौं, माघ ९ । भारतले वीरगञ्जमा नेपाली सीमा मिचेको भन्दै अधिवक्ता यज्ञमणि न्यौपानेले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।
रिटमा नयाँ सीमा स्तम्भहरु गाड्ने क्रममा भारतीय पक्षले वीरगञ्जको सिर्सिया नदी एरियामा नेपाली भूमि अतिक्रमण गरेको दाबी गरिएको छ । रिट निवेदनमा प्रधानमन्त्री कार्यालय, नापी विभाग, नेपाल भारत सीमा टोली प्रमुख लगायतलाई विपक्षी बनाइएको छ ।

सुगौली सन्धी विपरीत सीमा स्तम्भहरु गाड्ने काम भइरहेको भन्दै रिटमा नयाँ पिल्लरहरु हटाउन माग गरिएको छ । साथै सुगौली सन्धी र साविकका जंगे पिल्लर भन्दा फरक प्रकृतीले सीमा स्तम्भ गाड्ने कुनै निर्णय भएको भए उत्प्रेषणको आदेशमार्फत बदर गर्न माग गरिएको छ ।
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








