टर्कीमा इस्लामिक स्टेट्सका ९३ लडाकू पक्राउ

इस्ताबुल । टर्कीको इस्तानबुल र दक्षिणी प्रान्त आदानामा टर्की प्रहरीले इस्लामिक स्टेट्स (आइएस) का ९३ जना आतङ्ककारी पक्राउ गरेको छ । स्थानीय सञ्चारमाध्यमले सो जानकारी दिएका छन् । समातिएका आइएस आतङ्ककारीहरु प्रायः विदेशी भएको जनाइएको छ ।

इस्ताबुलका १४ वटा स्थानमा सँगसँगै गरेको प्रहरी कारबाहीमा ८२ व्यक्ति समातिएका सरकारद्धारा सञ्चालित सञ्चारमाध्यम आनादोलुले जनाएको छ । त्यसै गरी, आदाना प्रान्तमा भएको प्रहरी कारबाहीमा ११ जना सिरियाली पक्राउ परेको जनाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 4 =