डाेटीमा बस दुर्घटना, २ काे मृत्यु ५ काे अवस्था गम्भीर

असोज ३१, डोटी । डाेटीमा दुर्इ वटा बस एक आपसमा ठाेकिँदा २ जनाकाे घटनास्थलमै मृत्यु भएकाे छ । महाकाली यातायात र उग्रतारा यातायातका यात्रुवाहक बस एक आपसमा ठाेकिएकाे थियाे ।

दुर्घटनामा परि देहिमाण्डौ २ बैतडीकी ८० वर्षीया द्रोपती भण्डारी र परशुराम नगरपालिका ७ डडेल्धुराका १३ वर्षीय विक्रम बोहराको घटनास्थलमै मृत्यु भएको छ । भने, गम्भीर घाइते ५ जनालाई उपचारको लागि धनगढी पठाइएकाे प्रहरीले जनाएकाे छ ।

महेन्द्रनगरबाट बैतडी जाँदै गरेको महाकाली यातायातको ना ५ ख ६०८१ नम्बरको बस र डडेल्धुराबाट महेन्द्रनगर जाँदै गरेको उग्रतारा यातायातको ना ४ ख ६८५६ नम्बरको बस भिमदत्त राजमार्गको जोरायल गाउँपालिका-१ गोगनपानीमा मङ्गलवार मध्याहृन ठोक्किएका थिए । दुर्घटनाग्रस्त बसका कारण सडक अवरुद्ध भएकाले खुलाउने प्रयास जारी रहेकाे जनाइएकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + eleven =