कास्की काँग्रेसका बागी उम्मेदवार पालिखे पार्टीबाट निश्कासित

पोखरा, कात्तिक २३ । नेपाली काँग्रेस कास्कीले पार्टीले गरेको निर्णय बिरुद्ध बागी उम्मेदवारी दर्ता गराएको भन्दै नरेशशंकर पालिखेलाई पार्टीको साधारण सदस्य समेत नरहने गरि निष्काशन गरेको छ । पार्टी गम्भीर संकटमा रहेको अवस्थामा पार्टीको निर्णय बिरुद्ध विरुद्ध बागी उम्मेदवारी दिएको भन्दै पालिखेलाई कुनैपनि सहयोग नगर्न कास्की काँग्रेसले आफ्ना सम्पूर्ण भातृ संघसंस्थाहरुलाई निर्देशन दिएको छ ।

नेपाली काँग्रेस कास्कीका कार्यवाहक अध्यक्ष सुदीपमोहन भट्टराईले जारी गरेको प्रेस विज्ञप्तीमा काँग्रेसको केन्द्रीय कार्यसमितिको परिपत्रअनुसार उनलाई पार्टीबाट निष्काशन गरिएको उल्लेख गरिएको छ। प्रेस विज्ञप्तीमा भनिएको छ, ‘पालिखेले आफ्नो उम्मेदवारी दर्ता गराएको बखत देखि नै काँग्रेसको महाधिवेशन प्रतिनीधि, क्षेत्रीय प्रतिनीधि, क्रियाशिल सदस्य र साधारण सदस्य समेत नरहेको जानकारी गराईन्छ ।

पालिखेले कास्की क्षेत्र नम्बर २ ख बाट बागी उम्मेदवारी दिएका छन् । त्यस क्षेत्रमा काँग्रेसबाट आधिकारिक उम्मेदवारको रुपमा बिन्दुकुमार थापाले उम्मेदवारी दिएका छन् । पार्टीले आधिकारिक उम्मेदवारकै पक्षमा माहौल सृजना गर्न कार्यकर्तालाई आग्रह गरेको छ ।
नेपाली काँग्रेस कास्कीले प्रेस विज्ञप्ती जारी गर्दै यस्ता क्रियाकलापबाट हतोत्साही नबनी पार्टीको तर्फबाट आधिकारिक उम्मेदवारी दिएका उम्मेदवारहरुलाई विजयी गराउन संगठित भएर लाग्न कार्यकर्ताहरुलाई आग्रह गरेको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + eleven =