सेल्फीको मद्दतले हत्यारा पहिचान

सेल्फीको लोकप्रिएता बढ्दै गर्दा कतिपय मोबाइल उत्पादक कम्पनीले सेल्फीलाई नै ध्यानमा राखेर आफ्ना मोबाइल उत्पादन गर्दै आएका छन् । हामीले सेल्फी खिचेर फेसबुकमा पोस्ट गर्न सामन्य ठान्छै तर क्यानाडामा प्रहरीले फेसबुकमा पोस्ट गरिएको एउटा सेल्फीको मद्दतले हत्यारा पत्ता लगाएको छ । शायेन एन्टोनी नाम गरेकी एक युवतीले पोस्ट गरेको सेल्फीको मद्दतबाट प्रहरीले हत्यारा पहिचान गरेको हो ।

सन् २०१४ मा एन्टोनीकी साथी ब्रिटनी गैरगोलको हत्या भएको थियो । अदालतले ब्रिटनीको हत्यामा उनकै साथी शायेनलाई दोषी ठहर गरेको छ । प्रहरीका अनुसार ब्रिटनी बेपत्ता हुनु एक दिनअघि शायेनले फेसबुकमा पोस्ट गरेको सेल्फीमा अनुसन्धान केन्द्रीत गरिएको थियो । उक्त सेल्फीमा दुवैजना थिए ।
प्रहरीको ध्यान एउटै कुरामा केन्द्रीत थियो, सेल्फीमा शायेनले लगाएको बेल्ट ब्रिटनीको शवसँगै बरामद भएको थियो । लामो अनुसन्धानपछि प्रहरीले ब्रिटनीलाई नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो । ब्रिटनीले अन्ततः हत्या आफूले नै गरेको स्वीकार गरेकी हुन् । केही कुरामा आफूहरुबीच विवाद भएको र आफूले घाँटी थिचेर ब्रिटनीको हत्या गरेको बयान उनले दिइन् । सोही आधारमा अदालतले उनलाई दोषी ठहर गर्दै सजाय सुनाएको छ ।








