बामघटकद्धारा मनोनयन दर्ता गरेको चौबीस घण्टा नबीत्दै भाबी योजना सार्वजनिक

पोखरा, कात्तिक १७ । आगामी मंसिर २१ मा हुने दोस्रो चरणको निर्वाचनमा मनोनयन दर्ता गरेको चौविस घन्टा नवित्दै बाम गठबन्दन् अन्तर्गतका नेकपा एमाले र माओवादी केन्द्रले आफ्ना योजना र प्रतिबद्धताहरु ब्यक्त गरेका छन् । आफुहरुले निर्वाचित भएको अवस्थामा समग्र कास्की जिल्लामा गरिने बिकास निर्माण र योजनाहरुलाई गठबन्दनका दलहरुले सामुहित प्रतिबद्धता ब्यक्त गरेका हुन् ।

समग्र कास्कीलाई कृषि, पर्यटन र खेलकुदको बिकास गर्दै आर्थिक समृद्धी तर्फ उन्मुख गराउने प्रतिबद्धता उनीहरुले ब्यक्त गरे । क्षेत्र नम्बर १ बाट उम्मेद्वार बनेका खगराज अधिकारीले कास्कीलाई जलविद्युत, अर्गा्निक कृषि, पर्यटन र खेलकुदको हब बनाउने प्रतिबद्धता ब्याक्त गरे । उनले आफ्नो क्षेत्रमा २ सय मेगावाट बिजुली निकाल्न योजना सुनाए ।

क्षेत्र नम्बर २ का उमेदवार रविन्द्र अधिकारीले बागहरुको सहकार्य मार्फत बहुमतको स्थायी सरकार निर्माण गरी आर्थिक विकास गर्दै समृद्धी निर्माण गर्ने योजना सुनाए। उनले समाजवाद बिनाको लोकतन्त्र र लोकतन्त्र बिनाको समाजवाद हुनै नसक्ने बताउदै कांग्रेसले लगाएको आरोपको खण्डन गरे । क्षेत्र नम्बर ३ का उम्मेद्वार जगत विश्वकर्माले समृद्धी राष्ट्र निर्माणको लक्ष्य लिएर अगाडि बढेको बताए ।

उनले समृद्ध राष्ट्र बनाउनकोलागि आत्मनिर्भर अर्थतन्त्रको विकास गर्नु पर्ने बताए। कास्कीलाई स्मार्ट सिटीे, पर्यटनको राजधानी र समृद्ध पोखरा निर्माण गर्ने आफ्नो योजनाको बेली बिस्तार लगाए । त्यसैगरी प्रदेश नम्बर १ को ‘क’ का उम्मेद्वार दीपक कोइरालाले आफ्नो क्षेत्रमा क्षेत्रमा कृषि र पर्यटनको माध्यमबाट आत्मनिर्भर बनाउने बताउदै गाउँमै रोजगारी सिर्जना गर्ने बतए ।

त्यसैगरी उक्त कार्यक्रममा क्षेत्र नंम्वर १ को ख का प्रदेश उम्मेद्वार मनबहादुर गुरुङले,कास्की क्षेत्र नम्वर २ को क का प्रदेश उमेदवार कृष्ण थापा, कास्की २ को प्रदेश ख का उम्मेद्वार राजकाजी गुरुङ ‘करण’ कास्की क्षेत्र नम्वर ३ को प्रदेश नम्बर क का उम्मेद्वार रामजी वराल ‘जीवन’ र क्षेत्रनम्वर ३ को प्रदेश ख का उम्मेद्वार राजीव पहारीले आ–आफ्नो क्षेत्रको बिकास निर्माणका योजनाको बारेमा प्रष्ट पारेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 14 =