निर्वाचनको मिति सारेको भन्दै दार्चुलामा चुनाव बहिष्कार

विष्णु जोशी ।

सरकारले पटक पटक स्थानिय तहको निर्वाचनको मिति सारेको भन्दै दार्चुलामा अखण्ड नेपाल पार्टीले चुनावमा भाग नलिई बहिष्कार गर्ने निर्णय गरेको छ । शनिबार जिल्ला सदरमुकाम खलंगामा पत्रकार सम्मेलन गरी चुनावमा भाग नलिने निर्णय गरेको जानकारी गराएको हो ।

प्रदेश नम्बर २ को चुनाव असोज २ गते गर्ने सरकारी निर्णयको चर्को विरोध गर्दै चुनाव भाग नलिने निर्णय भएको अखण्ड नेपाल पार्टी केन्द्रीय सदस्य तथा ७ नम्बर प्रदेश इन्चार्ज रघुविर सिंह ठगुन्नाद्धारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख गरिएको छ । संघियताको नाममा देशलाई टुक्राटुक्रा बनाउने खेलमा ठुला राजनितिक दलहरु लागेको समेत प्रेश विज्ञप्तीमा उल्लेख छ ।

निर्वाचन आयोगले सम्पुर्ण तयारी गरी सकेको अवस्थामा पटक पटक मिति सारीनु ठिक नभएको भन्दै आफ्नो पार्टीले निर्वाचनलाई बहिष्कार गर्ने अखण्ड नेपाल पार्टीले जनाएको छ । अखण्ड नेपाल पार्टीले जिल्लाका २।३ स्थानिय तहहरुमा केहि उम्मेदवारहरुको टुंगो लगाएको अवस्थामा यस्तो निर्णय बाहिर आएको हो, रघुविर सिहं ठगुन्नाले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + 1 =