चार वर्षको अन्तरालमै छोरा र छोरी गुमाउने अभागी दाहाल दम्पत्ति
२०७४ जेठ १५ गते

मंसिर ४, काठमाडौ । समकालिन नेपाली राजनीतिका मुख्य हस्ती पुष्पकमल दाहाल प्रचण्ड त्यस्ता अभागि पिता बनेका छन् जसले ४ वर्ष नपुग्दै दुई सन्तान गुमाउनुपर्याे । एकमात्र छोरालाई दाहालले बुढेसकालमा दागबत्ति दिनुपर्याे ।
पूर्व प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष दाहाल र उनकी पत्नी सीता दाहालले चार वर्षअघि जेठी छोरी गुमाएका थिए । स्तन क्यान्सरपीडित ज्ञानु केसीको २०७० चैत १३ गते उपचारका क्रममा निधन भएको थियो । ज्ञानु ४० वर्षकी थिइन् ।
दाहालका छोरा ३८ वर्षीय प्रकाशको आइतबार बिहान हृदयघातपछि निधन भयो । उपचारका लागि नर्भिक अस्पताल ल्याइएका दाहाललाई बिहान मृत घोषणा गरिएको थियो । छोराको मृत्युको खबर सुन्दा माओवादी अध्यक्ष दाहाल वाम गठबन्धनको चुनावी प्रचारमा झापा पुगेका थिए ।
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








