सय दिने जुनियर डिभिजन तालिम सुरु

असार ९, धरान । एक सय दिने जुनियर डिभिजन तालिमको आज एक औपचारीक कार्यक्रमका बिच उद्घाटन गरिएको छ । भोजपुर जिल्लाको दुई विद्यालयबाट छनोट भएका विद्यार्थीलाई राष्ट्रिय सेवा दल र रणबम गणले संयुक्त रुपमा तालिम दिने भएपछि रणबम गणका गणपति प्रविण घिमिरेले तालिमको उद्घाटन गर्नुभएको हो ।

तालिमका लागी जिल्लाको युनिक एण्ड युनाइटेड बोर्डिङ्गबाट ३६ छात्रा ३६ छात्र र विद्योदय माविबाट ३६ छात्रा ३६ छात्र सहभागी गराउन छनोट गरिएको थियो । एक सय दिनको तालिम अवधीमा सैनिक कला, व्याम, हाइकिङ्ग लगायतका विषयमा सहजीकरण गरिने छ । यो तालिम भोजपुरमा गत वर्षदेखी सञ्चालनमा आएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − four =