एकादशी मेला भर्न शेषनारायण मन्दिरमा भक्तजनको भीड

कार्तिक १४, काठमाडौँ । हरिबोधनी एकादशी मेला भर्न काठमाडौँको शेषनारायण मन्दिरमा आज भक्तजनको आज भीड लागेको छ ।

दक्षिणकाली नगरपालिकास्थित शेषनारायण मन्दिरमा प्रत्येक वर्ष हरिबोधनी एकादशीका दिन मेला लाग्ने गर्दछ । मन्दिरमा मेला भर्न तथा दर्शनका लागि सर्वसाधारण भक्तजनको घुइँचो लागेको छ । सो मन्दिरमा आजको दिन दर्शन गरेमा विभिन्न रोगबाट मुक्त भई पारिवारिक सुख शान्ति तथा समृद्धि प्राप्त हुने जनविश्वास रहिआएको छ । उक्त मन्दिरमा आएर दर्शन गर्ने भक्तजनले व्रत बस्नेसमेत गर्छन् ।

प्राचीन समयमा भगवान्न विष्णुले विभिन्न रुप धारण गरी उक्त मन्दिरमा आएको जनविश्वास छ । हिन्दू धर्मावलम्बीले विष्णुको अर्काे रुपलाई नारायणसमेत भनेर आस्था प्रकट गर्ने गरेको पाइन्छ । त्यसैले मन्दिरमा नारायणको मूर्तिलाई विराजमान गराइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × four =