बक्स अफिसमा ‘गोलमाल अगेन’को धमाका

काठमाडौं । रोहित शेट्टीको निर्देशनमा बनेको फिल्म ‘गोलमाल अगेन’ तीन साताबाट बक्स अफिसमा तहल्का मच्चाई रहेको छ । फिल्म चाँडै २०० करोडको आंकडा पूरा गर्ने भएको छ । फिल्म ‘गोलमाल अगेन’ लाई ब्लकबस्टरको संज्ञा दिइएको छ ।

तर ‘गोलमाल अगेन’ शाहरुख खानको फिल्म ‘चेन्नई एक्सप्रेस’ लाई पछि पार्दै रोहित शेट्टीको सबैभन्दा बढी कमाई गर्ने फिल्म बन्न सक्छ कि सक्दैन प्रश्न उब्जेको छ । २०१३ मा प्रदर्शनमा आएको ‘चेन्नई एक्सप्रेस’ ले २२६।७० करोड रुपैयाँ आम्दानी गरेको थियो ।

अजय देवगन र रोहित शेट्टीको जोडीले ८ हिट फिल्म बलिवुडलाई दिइसकेको छ । यो जोडीका ४ फिल्म १०० करोड क्लबमा पनि समावेश भइसकेका छन् । गएको दीपालवीमा प्रदर्शनमा आएको ‘गोलमाल अगेन’ले अहिलेसम्म १९३।६१ करोड कलेक्शन गरिसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − 2 =