प्रदेश ७ को मुख्यमन्त्री सिफारिसपछि माओवादी केन्द्रमा गम्भिर विवाद

काठमाडौं, माघ २० । प्रदेश नं ७ को मुख्यमन्त्रीमा माओवादी केन्द्रले त्रिलोचन भट्टलाई सिफारिस गरिएको समाचार आएपछि माओवादी केन्द्रमा विवाद चुलिएको छ । एक पक्षले सिफारिस गरेका भट्टको नाम अर्काे पक्षले अस्विकार गरेको छ ।

माओवादी केन्द्रका प्रदेश ईन्चार्ज लेखराज भट्टले आफुखुशी त्रिलोचनको नाम मुख्यमन्त्रीमा सिफारिस गरेको भन्दै मुख्यमन्त्रीका अर्का दाबेदार वीरमान चौधरीको समुहले त्यसलाई नमान्ने बताएको छ । चौधरीलाई मुख्यमन्त्री बन्ने बाटो ईन्चार्ज भट्टले थुनेपछि भट्टको सिफारिस विरुद्ध तेस्रो ब्यक्ति दार्चुलाका मानबहादुर धामीलाइ मुख्यमन्त्री बनाउन त्यस क्षेत्रका नेताहरुले तयारी गरेका छन् ।

मुख्यमन्त्रीका दाबेदार चौधरीका अनुसार प्रदेश नम्बर ७ का ईञ्चार्ज लेखराज भट्टले डोटीबाट निर्वाचित त्रिलोचन भट्टलाई आफुखुसी सिफारिस गरेका हुन् । चौधरी भन्छन्, ‘प्रदेश पार्टीको लेटरप्याड नै ईञ्चार्जसँग हुन्छ, उहाँले पावरको दुरुपयोग गरि प्रदेश कमिटिको बैठक बीना नै भट्टको नाम सिफरिस गर्नुभयो ।’

असन्तुष्ट पक्षले त्रिलोचन भट्टको साटो मानबहादुर धामीलाई सर्वसम्मत उम्मेदवार बनाउने भएका छन् । माओवादी केन्द्रका एक नेताले भने्, ‘लेखराज जीले आफ्नो अधिकारको गलत प्रयोग गर्नुभयो त्यसैले हामीले यसको विरोध गरेका हौँ । हाम्रो साझा उम्मेदवार भनेका मानबहादुर धामी नै हुन् ।’

धामी दार्चुला ख बाट निर्वाचित साँसद हुन् ।

‘शक्तिको दुरुपयोग गरेर मुख्यमन्त्रीको सिफारिस गर्ने काम भएपनि त्यो सिफारिस काम लाग्दैन, माओवादी केन्द्रका पोलिटब्युरो सदस्य समेत रहेका चौधरी भन्छन्, संसदीय दलमा धामीजी उठ्नुहुन्छ र जित्नुपनि हुन्छ ।’

प्रदेश कमिटीको निर्णय भन्दै शुक्रबार भट्टले डोटीबाट निर्वा्चित त्रिलोचन भट्टको नाम पार्टी हेर्डक्वार्टरमा पेश गरेका थिए । यसअघि कैलाली–३ ‘क’ बाट निर्वाचित चौधरीलाई मुख्यमन्त्री बनाउने चर्चा थियो ।

तर, शुक्रबार अकस्मात नेता भट्टले डोटीका त्रिलोचन भट्टको नाम १ नम्बरमा राखेर पार्टी हेडक्वार्टरमा सिफारिस गरेपछि अर्काे पक्षले धामीलाई उठाउने निर्णय गरेको हो ।

प्रदेश ईञ्चार्ज भट्टले बताए अनुसार समय अभावका कारण फोन गरेर सबैको धारणा बुझी भट्टलाई सिफारिस गरिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − six =