आईपीएलको अक्सनमा पहिलो नेपाली खेलाडी सन्दिप आवद्ध

काठमाडौं, माघ १४ । नेपाली युवा बलर सन्दिप लामिछानेले आईपीएल टिम दिल्ली डेयरडेभिल्समा आवद्ध भएका छन् । आईपीएल टिममा आवद्ध हुने उनी पहिलो नेपाली क्रिकेटर हुन् ।
आइतबार भएको अक्सनमा दिल्लीले १७ वषीर्य नेपाली क्रिकेटर सन्दिपलाई किनेको हो । न्यूनतम मूल्य २० लाख भारु तोकिएको थियो । दिल्लीले २० लाखमा नै उनलाई किनेको हो ।
दिल्लीको टिममा गौतम गाम्भीरदेखि ग्लेन म्याक्सवेल, ट्रेन्ट बोल्ट, पृथ्वी शाह समेत छन् ।
दिल्लीले १७ वर्षीय लेग स्पीनरलाई टिममा स्वागत गर्दै ट्वीट गरेको छ-आईपीएलको इतिहासमा पहिलो नेपाली खेलाडी ।

बहुचर्चित इण्डियन प्रिमियर लिग क्रिकेट ९आईपीएल० को अक्सन लिस्टमा नेपाली युवा क्रिकेटर सन्दिप लामिछाने छनोटमा परेका छन् । नयाँ सिजनको आईपीएलका लागि अक्सन लिस्टमा परेपछि उनको न्यूनतम् मूल्य २० लाख भारतीय रुपैयाँ तोकिएको छ । आईपीएलको अक्सनमा छनोट भएका सन्दीप पहिलो नेपाली क्रिकेट खेलाडी हुन् ।
अब उनलाई आईपीएल खेल्ने टिमले किन्नुपर्ने हुन्छ । अक्सनमा उनलाई आईपीएलका टिमले खरिदका लागि प्रस्ताव गरेमा उनले आईपीएल खेल्न पाउने छन् ।
आईपीएलले अक्सनमा सबैभन्दा धेरै भारतका ३६० जना क्रिकेटरलाई राखेको छ। २१८ जना अन्य खेलाडीसहित सन्दीपसहित अन्य मुलुकका रहेका छन् । अक्सनमा समावेश जम्मा ५७८ जना खेलाडीमा सन्दीप एसोसियट देशको तर्फबाट सूचीमा २७६ नम्बरमा परेका छन् ।
यही जनवरी २७ र २८ मा बैंगलोरमा हुने अक्सनमा आईपीएका टीमहरुले सन्दीपसहितका खेलाडीमाथि बोली लगाउने कार्यक्रम छ । तर, सन्दीपले आईपीएलमा खेल्नका लागि अक्सन लिस्टमा परेर मात्रै हुँदैन । अक्सनमा परेपछि आईपीएलका टिमहरुले उनीमाथि बोली लगाएर किन्नु पनि पर्ने हुन्छ।
छिमेकी भारतमा हुने आईपीएलमा यसअघि केही नेपाली खेलाडीले प्रयास गरेका थिए । नेपालका चर्चित क्रिकेट शक्ति गौचनले पनि आईपीएको चर्चित टोली राजस्थान रोयल्सबाट ट्रायल दिए पनि खेल्न भने पाएनन् ।








