वातावरण संरक्षण गर्न धरानबासीको माग

धरान, पुस ३० । धरानको जलाधार क्षेत्रमा जथाभावी वाटो बनाउने र पानीका श्रोतहरु वितरण गर्न वन्द गर्नु पर्ने माग सहित वातावरण तथा पर्यटन विकास केन्द (सेड नेपाल)ले धरान उपमहानगरपालिकालाई ज्ञापन पत्र वुझाएको छ ।

धरान उपमहानगर पालिकाका मेयर तारा सुव्वालाई धरानको खानेपानी व्यवस्थापन तथा  जलाधार संरक्षणमा लागि काम गरिरहको संस्था वातावरण तथा पर्यटन विकाश केन्द्रका पदाधिकारीहरुको टोलीले वातावरण सुधारको लागी ३ वुँदे ज्ञापनपत्र वुझाएका हुन् ।

सो ज्ञापनपत्रमा धरानको मुख्य जलाधार क्षेत्र शिवजटा देखि पकुवा खोला सम्मको उपल्लो क्षेत्रमा वसोवास गर्ने बासीन्दाहरुका लागि जथाभावी सडक निर्माण गर्ने अनुमती तथा वजेट निकासा गरी दिँदा जलाधार क्षेत्रका कुवाहरु नासिएर पानी सुक्न थालेकोमा ध्यानाकर्षण गरिएको छ ।

यसैगरी जलाधार क्षेत्रको दिगो विकासको लागि जलाधार क्षेत्रको उपल्लो भाग र तल्लो भागमा वसोवास गर्ने स्थानीय जनताहरुबीच जलाधार सरक्षणको वारेमा  समन्वय गराउन हाल विश्वभरी चलनमा आएको (वातावरण सेव भुक्तान –पेश) प्रणाली यहाँ पनि लागु गर्नुृपर्ने, धरानको दक्षिणी भागमा अवस्थित चारकोशे झाडीमा नगरको फोहर फाल्ने डम्पीड साईड भएको र सो डम्पीड साईडमा आगो लगाएर जगलभरी धुवाको मुस्लोले जगल र नगरलाई प्रदुषित पार्ने काम भएकोले अविलम्व आगो लगाउने काम रोक्न भनिएको छ । जगलमा लगाईने सो आगोले नगरवासीको स्वास्थ्यमा गम्भीर असर पार्नुको साथै जगलका जीवजन्तु र पानीका श्रोतहरु मा पनि असर पर्न गएकोमा ध्यानाकर्षण गरीएको छ ।

विज्ञप्तिमा सर्दु जलाधार क्षेत्र धरानको खानेपानीको मुहान मात्र नभएर हावापानी सन्तुलन राख्ने र पर्या पर्यटनको पनि आधारशिला भएकोले नगरपालिकाले यसको सरक्षणमा गम्भीर भएर नलागे निकट भविष्यमा नै वातावरण सन्तुलन गुमाउनु पर्ने चेतावनी पनि दिएको छ ।

सेड नेपालका अध्यक्ष आनन्द श्रेष्ठको नेतृत्वमा गएको सो टोलीमा लक्ष्मी प्रधान, विशाल भण्डारी निमेश अधिकारी दिपक थापा रहेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + nine =