एएफसी एसियन कप छनोट : भोलि नेपाल र ताजिकिस्तान भिडदै

भदाै १९, काठमाडौं । एएफसी एसियन कप छनोट अन्तर्गत नेपालको अर्को प्रतिस्पर्धा नजिक आइपुगेको छ । समूहका अन्य दुई टोलीको सामना गरिसकेको नेपालले तेस्रो खेलमा ताजिकिस्तानको सामना गर्नेछ । घरेलु मैदानमा अन्तिम खेल खेल्दै नेपाली राष्ट्रिय फुटबल टोलीबाट ५० ‘क्याप’ पुरा गर्ने अनिल गुरुङको योजना यस पटक पुरा नहुने भएको छ ।

एसियन कप छनोटका लागि शनिबार २३ खेलाडीको अन्तिम नामावली सार्वजनिक हुँदा नियमित कप्तान समेत रहेका अनिलको नाम थिएन । छनोट चरणमै यमनसँग भएको खेलमा केही मिनेट मौका पाएका अनिलले सोही खेलबाट ४९ अन्तर्राष्ट्रिय खेल पुरा गरेका थिए ।

यसपटक ताजकिस्तानसँग मौका पाएमा ५० क्याप पुरा गर्दै अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने योजना बनाएको उनले बताएका थिए । घरेलु फुटबलमा छोटो समयमा प्रभाव पार्न सकेका त्रिभुवन आर्मी क्लबका फरवार्ड जर्ज प्रिन्स कार्की भने पहिलो पटक राष्ट्रिय टोलीमा मौका पाएका छन् ।

लाईभ कसरी हेर्ने ?

खेलको आधारिक प्रसारण एपि वोन टेलिभिजनले गर्नेछ ।

अन्य जानकारी 

खेल हुने मिती : मंगलबार, सेप्टेम्बेर ०५, २०१७ | भाद्र २०, २०७४

नेपाली समय :दिउसो ३:०० बजे

मैदान : सातदोबाटोस्थित एन्फा कम्प्लेक्स

प्रत्यक्ष प्रसारण  :  एपि वोन एच डी । अनलाइन एपि वोनको य़ुटुभमा हेर्न सकिने छ ।

टिकट दर : रु ७०० (साधारण) , रु १५०० (भिआईपी)

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × two =