प्रदेश ‘ख’ खोटाङमा माओवादी केन्द्रका पासाङ विजयी

खोटाङ, २३ मंसिर । प्रदेश ‘ख’ खोटाङमा नेकपा ९माओवादी केन्द्र०का रामकुमार राई (पासाङ) विजयी भएका छन् । वाम गठबन्धनका साझा उम्मेदवार पासाङ १८ हजार ३७२ मत ल्याएर विजयी भएका छन् ।

पासाङको निकटतम प्रतिस्पर्धी लोकतान्त्रिक गठबन्धनका तर्फबाट उम्मेदवार बन्नुभएका नेपाली काँग्रेसका विष्णुकुमार राईले १२ हजार २३९ मत प्राप्त गरेका छन् ।

लोकतान्त्रिक गठबन्धनका विष्णुकुमारलाई वाम गठबन्धनका पासाङले छ हजार १३३ मतले पछि पारेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − thirteen =