उम्मेदवारलक्षित आक्रमण दुःखद् : प्रमुख आयुक्त

काठमाडौं, कात्तिक २५ । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले निर्वाचनविरोधी गतिविधि हुन नदिइ शान्ति–सुरक्षाको पूर्णप्रत्याभूति गराउन सरकारसँग आग्रह गरेका छन् ।

रिपोटर्स क्लब नेपालले शनिबार आयोजना गरेको साक्षात्कारमा डा. यादवले रुकुम र रोल्पामा उम्मेदवारमाथि भएको आक्रमणप्रति भने–‘उम्मेदवारलक्षित आक्रमण दुःखद् हो, शुक्रबार र शनिबार (आज) भएका घटनाबाट हामी गम्भीर भएका छौं ।’

डा. यादवले ‘यस्ता घटना कतै नहोस्, नदोहोरियोस्’ भनी गृह मन्त्रालयलाई सचेत गराउँदै यसबाट निर्वाचन नहोला कि भन्ने आशंका नगर्न सबैसँग आग्रह गरे ।

सबै मतदाताले निर्भयपूर्वक निर्वाचनमा भाग लिन पाउनुपर्नेमा जोड दिँदै डा. यादवले आइतबार (भोलि) उच्चस्तरीय सुरक्षा संयन्त्रको बैठक बोलाइएको जानकारी दिए ।

उनकाअनुसार मंसिर १० गते हुने पहिलो चरणको निर्वाचनका लागि आवश्यक पर्ने सबै तयारी पूरा भएको र दोस्रो चरणमा हुने निर्वाचनका लागि १५ जिल्लाका मतपत्र छापिइसकेको छ ।

लोकतन्त्रको स्थायित्वका लागि सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न सन्चारकर्मीलाई आग्रह गर्दै डा. यादवले उम्मेदवारलाई पूर्णरुपमा आचारसंहिता पालना गर्न आग्रह गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 1 =