एनआरएनए अमेरिकाको निर्वाचन स्थगित

साउन २५, मकालु खबर । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् अमेरिकाको आसन्न निर्वाचन स्थगित भएको छ । अध्यक्षका प्रत्यासी गौरी जोशीको योग्यताका सम्बन्धमा छानविन गर्न एनआरएनए आइसीसीले गठन गरेको छानविन समितिको प्रतिवेदनले जोशी अध्यक्षको उम्मेदवार बन्न योग्य रहेको प्रतिवेदन दिएपछि निर्वाचन समितिले अर्को सूचना नभएसम्मका लागि भन्दै निर्वाचन स्थगित गर्ने निर्णय गरेको हो ।

जोशीको योग्यता नपुगेको भन्दै यस अघि एनआरएनए एनसीसी अमेरिकाको निर्वाचन समितिले उनको नाम उम्मेदवारको सूचीबाट हटाएको थियो । त्यसको विरोधमा जोशीले स्थानीय अदालतमा मुद्दासमेत दायर गरेका थिए । अदालतले समेत प्रारम्भिक सुनुवाई गर्दै निर्वाचन प्रक्रिया रोक्न आदेश दिएको बताइएको छ ।

डा. हेमराज शर्माको संयोजकत्वमा गठित आइसीसीको छानविन समितिले गैरआवासीय नेपाली संघ अमेरिको बन्नुपूर्व जोशी एनएसी नामक संस्थामा कार्यरत रहेको र सो संस्था एनआरएन अमेरिकामा परिणत भएको हुँदा एनएसीमा काम गरेको समयलाई मान्यता दिनुपर्ने छानविन समितिको निष्कर्ष रहेको छ । सो निष्र्कषलाई अगष्ट ७ तारिखमा बसेको एनआरएन आइसीसी बैठकले अनुमोदन गर्दै सोहीअनुसार निर्णय लागू गराउन अमेरिका क्षेत्रीय संयोजकलाई २४ घण्टाको समय दिइ पत्राचार गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × three =