म्यानचेस्टर युनाइटेडले ग्यारेथ बेल ल्याउने तयारी

म्यानचेस्टर युनाइटेडले रियल म्याड्रिडबाट ग्यारेथ बेल ल्याउने तयारी गरेको छ । टोटेनह्यामबाट कीर्तिमानी रकममा रियल पुगेका बेलले यो सिजन चोटका संघर्ष गर्नुपर्यो । पटक पटकको कारण रियलको पहिलो रोजाइमा पर्न मुस्किल परेपछि युनाइटेडले यो मौका सदुपयोग गर्दै बेल खरिद प्रस्ताव राख्ने तयारी गरेको बताइएको छ ।

 

बेल चोटका कारण बाहिरिदा रियलको टोलीबाट मौका पाएका इस्कोले सोचे भन्दा उच्च प्रदर्शन गरिरहेको छन् जसका कारण वेल्सका बेल रियलका प्रशिक्षक जितेदिन जिदानको रोजाइमा कमै पर्दै आएका छन् । रियल पनि बेलका लागि आएका प्रस्तावमा सरकारत्मक रहेको श्रोतहरुले जनाएकाे छ ।

सन् २०१३ मा बेल टोटेनहमबाट ८९ मिलियन पाउन्डको कीर्तिमानी रकममा रियलमा आबद्ध भएका थिए । रियलको पहिलो रोजाइमा पकड गुमाउँदै गएपछि बेलले पनि विकल्पका बारेमा सोच्ने सम्भावना रहेको बताएका छन् । आइतबार बिहान युभेन्ट्स विरुद्धको च्याम्पियन्स लिग फाइनलमा पनि बेल टोलीमा थिएनन् । युभेन्ट्सलाई ४–१ ले हराउँदै रियलले च्याम्पियन्स लिग उपाधि रक्षा गर्दा बेल बेन्चमा सिमीत थिए । रियलले च्याम्पियन्स लिग जितेको यो १२ औं पटक हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × four =