प्रदेश २ : पहाडी भोटमा सबैको नजर, भोट एकलौटी पार्न सके निर्णायक

वीरगन्ज, मंसिर १६ । मधेसी समुदायको बहुसंख्या रहेको वीरगन्जमा सबै पार्टीको ध्यान भने अल्पसंख्यक पहाडी मूललाई कसरी आफूतिर खिच्ने भन्नेमा छ । समुदायको भोट निर्णायक हुने देखिँदै छ वीरगन्ज महानगरपालिकाको आधाभन्दा बढी पर्ने पर्सा १ मा । पहिलो मधेस आन्दोलनपछि असुरक्षित महसुस गरिरहेको समुदायले पहाडीप्रति आक्रामक नदखिएको उम्मेदवारलाई भोट दिन थालेका छन् ।

समुदायको भोट एकलौटी पार्न सके निर्णायक हुने ठानेर उम्मेदवारहरू मतदाता प्रभावित पार्न लागिपरेका छन् । आजको अन्नपूर्ण पोस्टमा खबर छ । वीरगन्ज महानगरपालिकामा सीमित क्षेत्र नम्बर १ मा करिब ७ हजार पहाडी मूलका मतदाता छन्, जुन मुस्लिमपछिको सबैभन्दा ठूलो समूह हो । यो क्षेत्रमा मुस्लिम मतदाताको संख्या २० हजार हाराहारीमा छ ।

कांग्रेसका अनिलकुमार रुँगटा, संघीय समाजवादी फोरमका प्रदीप यादव र वाम गठबन्धनका विचारी यादवबीच त्रिपक्षीय प्रतिस्पर्धाको अनुमान छ । यो क्षेत्रमा फोरम उम्मेदवारका प्रदीपले पहाडी मूलका मतदाताको भोट तान्ने सम्भावना कमै छ। त्यसैले कांग्रेस र एमाले उम्मेदवार पहाडी मूलका मतदाता तान्ने प्रयत्नमा छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 5 =