यी ६ प्रकारका पुरुष धोकेवाज हुन्छन्

एजेन्सी । मानिसहरू सम्बन्धमा आएपछि मात्र चिनिन्छ । सामान्य चिनजान वा सामाजिक सञ्जालका कुराकानीकै भरमा मान्छे चिन्न गाह्रो हुन्छ । कुन मान्छे सज्जन छ र कुन मान्छे गलत नियतको भन्ने कुरा बुझ्न निक्कै कठिन छ । यहाँ धोकेबाझ प्रकृतिका पुरुषका प्रकारबारे चर्चा गरिएको छ ।
१। कुनै पनि पुरुषको सम्बन्ध आमासँग राम्रो छैन भने बुझ्नुस् त्यस्तो व्यक्ति विश्वसनीय हुँदैन । यस्ता ब्यक्तिले धोका दिन कत्ति बेर लाउँदैनन् । यस्ता व्यक्तिले स्त्रीलाई सम्मान गर्न जान्दैनन् नत सम्मान गरेको नै बुझ्छन् ।
२। रहस्यमयी व्यक्ति यदि सबै कुरा आफूसँग गुपचुप राख्छ र सामान्य कुरा पनि भन्दैन भने त्यस्तो पुरुषसँग सचेत रहनुस् । यस्ता व्यक्तिले तपाईँलाई कतिबेला लात हान्छन् चाल नै पाउनु हुन्न । यस्ता व्यक्तिहरूको मोबाइल हतपति कसैले चलाउन पाउँदैन हेरी हालेपनि अधिकांश समय मोबाइलको इनबक्स खाली हुन्छ । यस्ता व्यक्ति राम्रो श्रोता त हुन्छन् तर आफ्नो केही भन्दैनन् ।
३। प्रेम होइन शारीरिकता स्त्रीसँग सहजै नजिकिने र शारीरिक सम्बन्ध राख्न पनि माहिर तर प्रेमको कुरा आउने बित्तिकै उनीहरू पन्छिन्छन् । यस्ता पुरुष धोकेबाझ हुन्छन् ।

४। अन्तिम समयमा आएर बाहाना कुनै पनि पुरुषले अन्तिम समयमा आएर बहाना बनाउँछ र भेटघाट वा सेट भैसकेका कुरा समेत स्थगित गर्छ भने बुझ्नुस् उ विश्वास गर्न लायक छैन । यस्ता व्यक्तिले राम्रो विकल्प भेट्ने बित्तिकै तपाईँलाई लात हान्छन् ।
५। चाहिने भन्दा बढी चासो तपाईँका हरेक गतिविधिमा हरेक समय चासो राख्ने र तपाईँलाई नियन्त्रण गर्न खोज्ने पुरुषले तपाईँलाई कुन बेला छोड्छन् भन्ने कुरा थाहा हुँदैन । यस्ता व्यक्तिले आफू कहाँ गएको र के गरेको भन्दैनन् तर अरूले कहाँ गयो के गर्यो खुब चासो राख्छन् ।
६। हरेक कुरा गोप्य जुन पुरुषले हरेक कुरा गोप्य राख्छ र सम्बन्धको विषयमा समेत कसैलाई भन्दैन त्यस्ताले धोका दिन आइतबार कुर्दैनन् । यस्ता व्यक्तिका स्त्रीसँग एकैपठक सम्बन्ध पनि हुन सक्छ । उनीहरूले जुनसुकै केटीसँग पनि फ्लर्ट गर्छन् ।








