गोदावरीका मेयरको घरमा बम विस्फोट
२०७४ जेठ १५ गते

धनगढी, माघ १० । कैलालीको गोदावरी नगरपालिककाका मेयर हरि सिँह साउदको घरमा बम विष्फोट भएको छ । गएराति मेयर साउदको घर नजिकै अज्ञात समुहले प्रेसर कुकर बम बिष्फोट गराएको हो ।
घर नजिकै रहेको कम्पाउन्डभित्रै बम विष्फोट भएको प्रहरीले जनाएको छ । राति ठुलो आवाजमा बम बिष्फोट भएपनि सो समयमा पानी परिरहेकाले चट्याङ् परेको भनेर खासै वास्ता नगरेको मेयर साउदले बताए । बिहान उठेर हेर्दा बम पड्किएको देखिएको साउदले जानकारी दिए ।
बम बिष्फोटवाट घरको पाछाडीको पर्खाल भत्किएको भएपनि अन्य क्षति नभएकोे ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख कलेन्द्र बिक्रम शाहीले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ । 
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








