सोलुखुम्बुमा हेमकुमारले तोडे बलबहादुर केसीको विरासत
२०७४ जेठ १५ गते

मंसिर २४, सोलुखुम्बु । सोलुखुम्बुमा नेपाली कांग्रेसका उम्मेदवार बलबहादुर केसीलाई फराकिलो मतान्तरले पछि पार्दै वाम गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका हेमकुमार राई (शुरवीर) विजयी भएका छन्।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री बलबहादुर केसीलाई ३ हजार १ सय ६७ मतान्तरले पछि पार्दै हेमकुमारले जितेका छन्। हेमकुमारले २० हजार ९ सय १२ मत पाप्त गर्दा उनका निकतम प्रतिद्वन्द्वी नेपाली कांगे्रसका बलबहादुरले १७ हजार ७४५ मत प्रप्त गरे।
तीनपटक मन्त्री बनेका बलबहादुरलाई पहिलोपटक लोकतान्त्रिक पद्धतीमा उम्मेदवार बनेका हेमकुमारले फाराकिलो मत अन्तरले जितेका छन्।
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








