प्रहरीलाई हातपात गरेको आरोपमा दुईजना पक्राउ
२०७४ जेठ १५ गते

कात्तिक ३०, काठमाडौं । ड्युटीमा खटिएका प्रहरीलाइृ हातपात गरेको आरोपमा ललितपुर प्रहरीले दुइृजनालाई पक्राउ गरेको छ । हातपातमा संलग्न भएको अभियोगमा ललितपुर महानगरपालिका–८ च्यासल बस्ने ५२ बर्षीय प्रेम महर्जन र सोही स्थान बस्ने ३१ बर्षीय उमेश महर्जनलाई बुधबार प्रहरीले नियन्त्रणमा लिएको छ ।
पाटनढोकास्थित युएन पार्कको नयाँ पुलमा महानगरीय प्रहरी प्रभाग पाटनढोकाबाट खटिएको प्रहरी टोलीलाई जाँच गर्नेक्रममा हातपात भएको हो ।
प्रहरी टोलीले बा.२ च ५९०८ नम्बरको गाडीलाई जाँच गर्ने क्रममा गाडीमा सवार उनीहरुले महानगरीय प्रहरी प्रभाग पाटनढोकामा कार्यरत प्रहरी हवल्दार विनायक लाल यादवलाई हातपात तथा कुटपिट गरेका थिए । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








