चुनावमा जाने नजानेबारे छलफल गर्न राजपाको बैठक बस्दै

काठमाडौं, साउन २३ । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको केन्द्रीय समितिको बैठक आज पनि बस्दैछ । आगामी असोज २ गते प्रदेश नं २ मा हुने स्थानीय तहको निर्वाचनमा सहभागी जनाउने वा नजनाउनेबारे छलफल गर्न बै्रठक हिजोदखि सुरु भएको छ ।

बैठकमा पार्टीको विधानका विषयमा पनि छलफल भइरहेको छ । संविधान संसोधन विना चुनावमा जान नहुने पक्षमा नेतृत्व देखिएको छ । हिजोदेखि सुरु भएकोकेन्द्रीय समितिको बैठकमा नेताहरुले राख्ने धारणाका आधारमा निर्णयमा पुग्ने प्रवक्ता डिम्पलकुमारी झाले जानकारी दिनुभयो । बैठकमा निर्वाचनमा सहभागितासँगै, पार्टीको विधान, राजनीतिक प्रतिवेदनलगायत विषयमा छलफल सुरु भएको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + twenty =