नोबेल क्वीज मेनिया सिजन ६ प्रशारणको अन्तिम चरणमा

साउन १५, काठमाडौं । गुणस्तरीय शिक्षालाई प्रबद्र्धन गर्ने कार्यमा क्रियाशील एक्रेटिभ मिडिया प्रा.लि.ले विगत ६ वर्षदेखि सञ्चालन गर्दै आएको नोबेल क्विज मेनिया सिजन ६ को राष्ट्रिय स्तरको प्रतियोगिताको प्रसारणका लागि आफ्ना सम्पूर्ण तयारीहरु पूरा गरिसकेको छ । कान्तिपुर टेलिभिजनबाट शीघ्र प्रसारणको क्रममा रहेको सो कार्यक्रम यसै सिजनदेखि एसियाली स्तरमा प्रवेश गर्दैछ । नेपाली चलचित्रका महानायक राजेश हमाल क्विज मास्टर रहेका नोवेल क्विजमा एसियाली क्षेत्रका विभिन्न राष्ट्रहरुका उत्कृष्ट कलेज तथा विद्यार्थीहरूले सहभागिता जनाउँदैछन् ।

सिजन ५ मा दक्षिण एसियाली स्तरको प्रतियोगिता सफलतापूर्वक सम्पन्न गरिसकेको एक्रेटिभ मिडियाको यो अर्को अन्तर्राष्ट्रिय फड्को हो जसको माध्यमबाट एसिया महादेशमा रहेका उच्च माध्यमिक तहका विद्यार्थीमा अन्तरनिहित प्रतिभा प्रस्फुटन हुने मौका प्राप्त गर्नुका साथै उनीहरूका लागि यो कार्यक्रम एक अर्कालाई नजिकबाट चिन्ने र सांस्कृतिक आदानप्रदानको अवसर समेत प्रदान गर्नेछ ।

विगतका राष्ट्रिय स्तरका सबै ४ ओटा सिजनहरु नेपालमा अत्यन्तै लोकप्रिय रहेको र पाचौं सिजनको दक्षिण एसियाली स्तरको प्रतियोगितामा समेत विदेशी विद्यार्थी र कलेजको सक्रिय सहभागितालाई मध्यनजर गर्दै यस पटक एसियाली स्तरको कार्यक्रम निर्माण गर्न लागिएको हो ।
विभिन्न एसियाली देशहरूमा छनौट चरण (अडिसन) सञ्चालन गरिने नोबेल क्विज मेनिया सिजन ६ को अन्तिम चरणको प्रतियोगिता नेपालमा सञ्चालन हुनेछ । क्विजमा सहभागी हुने विदेशी विद्यार्थीका साथै कुटनितिक, शिक्षा, व्यवसाय जस्ता विविध क्षेत्रका व्यक्तित्वहरुको समेत सहभागिता रहने अन्तिम चरणका कार्यक्रमहरूमा नेपालको पर्यटन, कला संस्कृति, भाषा भेषभुषाका बारेमा प्रबद्र्धन गर्ने लक्ष्य समेत आयोजकको रहेको छ ।

एक्रेटिभ मिडिया प्रा.लि. का प्रमुख कार्यकारी अधिकृत तथा नोबेल क्वीज मेनिया सिजन ६ का निर्माता हरि पोखरेलका अनुसार विभिन्न विदेशी कार्यक्रमका फ्रेन्चाइजहरु नेपाल भित्रिने क्रममा रहेको वर्तमान परिप्रेक्ष्यमा एक नेपाली कार्यक्रम अन्तर्राष्ट्रियकरण हुँदै जानु आफैमा एक गौरवको विषय भएको र यस कार्यक्रमलाई भव्यताका साथ सम्पन्न गर्न सरकारी तथा गैरसरकारी निकायहरू, व्यावसायिक केन्द्रहरु, विभन्न एसियाली राष्ट्रस्थित नेपाली राजदूतावासहरु, गैर आवासीय नेपाली महासङ्घ, सञ्चार माध्यमहरु, देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूको सहभागिता र सहयोगी भूमिका अत्यन्तै महत्त्वपूर्ण छ ।

विराटनगर स्थित नोवेल मेडिकल कलेजको प्रस्तुति रहेको सिजन ६ को इन एशोसिएशन विथमा इस्लिङ्टन कलेज रहेको छ । कार्यक्रमको प्रायोजकमा एनआइसी एसिया बैङ्क लि., राइटपाथ करियर काउन्सेलिङ, मर्सि एजुकेशन कन्सल्टेन्सी, हिरो मोटरसाइकल, श्री वेङ्कटेश्वर कलेज अफ इन्जिनियरिङ एण्ड टेक्नोलोजी इण्डिया, श्रीनाथ कलेक्सन, कतार एयरलाइन्स, गोल्डेन गेट इन्टरनेशनल कलेज, नेपालय कलेज, पाथ फाइण्डर इन्टरनेशनल एजुकेशन, एक्सस एजुकेशन नेटवर्क, एक्सपर्ट एजुकेशन नेटवर्क, कान्तिपुर एजुकेशन, हिटाची रहेका छन् ।

(प्रोमो हेर्नुहोस्) 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × one =