सिमेन्ट किन्दै हुनुहुन्छ ? सावधान ! : सिमेन्टमा यस्तो ठगी
२०७४ जेठ १५ गते

काठमाडौं, साउन ६ । घर वा अन्य निर्माणका लागि सिमेन्ट किन्दै हुनुहुन्छ ? यदि किन्दै हुनुहुन्छ भे तौलमा ठगिन सक्नुहुन्छ । सिमेन्ट किन्दा जोखेर मात्रै लिनुहोला ।
बजारमा कम तौलका सिमेन्ट बोरा छ्याप्छ्याप्ती भेटिन थालेका छन् । अनुगमनको क्रममा एक बोरामा (५० किलोको बोरा) ८ किलोसम्म कम तौल फेला परेको खबर आजको कान्तिपुरमा छ ।
घर निर्माण गर्दा करिब २ सय बोराभन्दा बढी नै सिमेन्ट चाहिन्छ । जसअनुसार एउटा घरमा सय किलोसम्म ठगी हुँदै आएको जानकारहरु बताउँछन् ।
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








