सुनको मुल्य आज तोलामा ३०० रुपैयाँले बृद्धि

काठमाडौं, भदौ २० । मंगलबार पनि सुनको भाउमा वृद्धि आयो । अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेर तोलाको ५७ हजार ३०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुन सोमबार तोलाको ५७ हजार रुपैयाँमा कारोबार भएको थियो ।

मंगलबार चाँदीको भाउमा पनि ५ रुपैयाँले वृद्धि आएर तोलाको ७९० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

मंगलबार साँझसम्म अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १३ सय ३७ डलर हाराहारीमा कारोबार भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − 8 =