अझै कुरिरहेका छन् बेपत्ता पारिएका आफन्त झिनो आश मनमा लिएर

काठमाडौं, भदौ १४ । १० बर्षे सशस्त्र द्धन्द्धका बेला सरकार तथा माओवादी पक्षबाट थुप्रै बेपत्ता पारिए । उनीहरुको अवस्था अहिलेसम्म अज्ञात छ । राज्य तथा माओवादीले पनि अवस्थाबारे केही बताएका छ्रैनन् ।

मुलुक शान्ति प्रक्रियामा पुगेको दशक बिते पनि बेपत्ताको अवस्था सार्वजनिक नहुँदा र राज्यल पीडितलाई कुनै पनि क्षतिपुर्ति नदिँदा झनै पीडामा छन् ।

१३ देखि डेढ बर्षका ४ छोराछोरी पत्नीको जिम्मा लगाएर चितवनका फणिन्द्र सिंखडा माओवादी युद्धमा होमिएका थिए ।

गोरखा धावाबाट चितवन बसाई सरेका उनलाई ०५६ फागुन ३ मा नारायणी नदीमा नुहाँउँदै गर्दा प्रहरीले गिरफतार गर्यो ।

यो थाहा पाएर उनकी पत्नी राधिकाले खोजी गर्न थालिन् । जिल्लादेखि सर्वोच्च अदालतसम्म पुतिन् तर अहिलेसम्म पत्तो लागेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + 13 =