मुगुको सोरुको स्याउले बजार पाएन

मुगु, भदौ १० । मुगुको उत्तरी सोरु गाउँपालिकाका विभिन्न वडामा उत्पादन भएको स्याउले बजार नपाउदा किसान मर्कामा परेका छन् । सोरु गाउँपालिकमा उत्पादन भएका स्याउ बिक्रिका लागी लैजान नजिकै बजार नभएपछि किसानहरु मर्कामा परेका हुन् ।

सोरु गाउपालीकाका सोरुकोट, लापखोला, ताजा, ख्याल्च (पाल्ना) सिरुपाटा, मुलसैन, जिमा रुसाँहा, थापाचौर, धैनकोट, लाम्तु, लोली खनाया, कालै, नुवाकोट र रुम लगायतका क्षेत्रमा स्याउको उत्पादन हुने भए पनि बिक्रीको लागी बजारको अभाव छ ।

किसानले उत्पादन गरेको स्याउ गाइवस्तुलाई कुडोको रुपमा ख्वाउनु परेको सोरु गाउँपालिका वडा नम्बर ६ का पदमबहादुर शाहीले गुनासो गर्नुभयो । सोरु देखि स्याउ सदरमुकाम सम्म बोकेर ल्याउन नसकिने र नजिक बजार ब्यवस्था समेत नभएकाले बर्षेनी कृषका बगैचामा फलेको स्याउ खेर जाने गरेको स्थानीयवासीहरुको भनाई छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × two =