भान्सा-भान्सामा विषदीयुक्त तरकारी

काठमाडौं, माघ २६ । भरातबाट नेपाल भित्रिरहेको तरकारीमा विषादी मात्रा अत्यधिक फेला परे पनि किनबेचमा रोक लगाउन कोही पनि अग्रसर भएका छैनन् ।  सीमा नाकाबाट परीक्षण बेगरै नेपाल भित्रिरहेको तरकारी बजारमा पुगेपछि परीक्षण गर्दा अधिकाशंमा अत्यधिक विषादीको मात्रा भेटिएको छ ।

मानव स्वास्थ्यका लागि हानिकारक ठहर भईसकेका तरकारी किनबेच भने निर्बाध चलिरहेको छ । विर्तामोडस्थित कृषि उपज बजारको विषादी परीक्षण केन्द्रमा जाँच गरिने तरकारीमा विषादीको मात्रा अत्यधिक फेला पर्दै आएको छ ।

भारतबाट ल्याईएका तरकारीमा मानव स्वास्थ्यमा प्रत्यक्ष असर गर्ने विषादी भेटिने गरेको जानकारी ल्याबमा कार्यरत प्राविधिक सुष्मा खडे्का बुढाथोकीले दिईन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + twelve =