भगवती चौधरीको सुनसरी–३ बासीका नाममा अपिल

काठमाडौँ, पुष १ । सुनसरी क्षेत्र नम्बर–३ का प्रतिनिधि सभाका प्रत्यक्ष उम्मेदवार भगवती चौधरीले सुनसरी बासीकाहरुका नाममा अपिल पत्र सार्वजनिक गरेकी छिन् ।

प्रतिनिधि तथा प्रदेश सभा दोस्रो चरणको निर्वाचनमा सो क्षेत्रका लागि बाम गठबन्धनबाट प्रत्यक्ष उम्मेदवार दिएर चुनावी मैदानमा काँग्रेसका उम्मेदवार विजय गच्छदारसँग उत्रिएकी थिइन् । तर, सुनसरी ३ को चुनावी मत परिणाम अन्तिम अवस्थामा पुग्दा निष्पक्ष र धाँधली रहित भएसँगै उनले हार व्यहोर्नु पर्‍यो । यससँगै उनले निष्पक्ष र धाँधलीरहित निर्वाचन सम्पन्न नभएको महसुस गर्दै उनले आज सो क्षेत्रका बासिन्दा नाममा अपिल पत्र सार्वजनिक गरेकी हुन् ।

उनले सुनसरी क्षेत्र नं. ३ का जनताले खसालेको मतको संरक्षण हुन नसकेको र चुनावका क्रममा भएका विभिन्न षडयन्त्रमूलक कार्यको निष्पक्ष छानबिन गर्न अधिकार सम्पन्न आयोग गठन गर्न प्रेस विज्ञप्ति मार्फत आफ्नो धारणा व्यक्त गरेकी छिन् । यससँगै उनले सरकारसमक्ष उजुरी दर्ता गरी यस विषयको छानबिन गर्नुपर्ने जोडदार माग गरेका छन् ।

 

                                                पढ्नुहोस्, अपील पत्र:

                उमेद्बार भगबती चौधरीले सुनसरी क्षेत्र नम्वर ३ बासीमा गरेको अपिल  

                                                                                                                     मिति २०७४÷०८÷३० गते

         नेपाली जनताको पटक पटक र लामो समय सम्मको वलिदानीपूर्ण आन्दोलनको उपलब्धि स्वरुप नेपाल संघीय गणतान्त्रिक मुलुक वन्न सफल भएको छ । नेपालको इतिहाँसमै पहिलो पटक जनताले आफनो संविधान आफै लेख्ने अवसर प्राप्त गरेका छन । जनताले लेखेको यो संविधान अनुरुप संघीय लोकतान्त्रिक गणतन्त्र कार्यावन्यनका क्रममा स्थानीय तहको निर्वाचन सम्पन्न भयो । त्यसपछि मंसीर १० र २१ गते प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भएको छ ।

         सुनसरी जिल्लाको निर्वाचन क्षेत्र नम्वर ३ जहाँका जनताले पटक पटक विजय कुमार गच्छेदारलाई विजयी गराएर पठाएकै हुन । उहाँले १२ पटक त मन्त्री वन्ने अवसर समेत प्राप्त गर्नुभयो । तर उहाँ मन्त्री वनेको अनुभूती यो क्षेत्रले कहिल्यै गर्न सकेन । जनताको विकास प्रतिको आकांक्षालाई उहाँले कहिल्यै सम्वोधन गर्नुभएन । भौतिक र मानवीय विकासमा यो क्षेत्र सघै पछाडीनै परिरह्यो । देशका अन्य क्षेत्रवाट जीतेर मन्त्री वनेका नेताहरुले आफनो क्षेत्रलाई विकास र सम्वृद्धि तर्फ लम्काइरहदा यो क्षेत्रका जनताको घर आगनमा  भने विकास र सम्वृद्धिको सुनौलो विहानी आउन सकेन । तर यस क्षेत्रवाट विजेता वनेका प्रतिनिधि भने आफनो स्वार्थ अनुकुल दलवदल गर्दै सधैभर सत्तामा रहेको कुरा विदितै छ ।

               म र सुनसरी क्षेत्र नम्वर ३ का वासिन्दाले पनि प्रतिनिधि सभा र प्रदेश सभाका लागि मंसीर २१ गते भएको निर्वाचन स्वच्छ, निष्पक्ष र धाँधलीरहित ढंगले हुने छ र सुनसरी ३ को विकास, प्रगति र सम्वृद्धिको नयाँ विहानी सुरु हुने छ भन्ने  अपेक्षा गरेको थिए । तर मेरो त्यो विश्वास र अपेक्षा माथि तुषारापात भयो । यो निर्वाचन पनि निष्पक्ष र धाँधलीरहित ढँगले हुन सकेन । मतदान प्रकृया देखि मतगणना सम्मनै सत्ता र शक्तिको आडमा अनेक षडयन्त्र भएका प्रमाणहरु भेटिए ।

                 मतदानको दिन मतदान अघिकृतले मुचुल्का उठाउन प्रयोग गरिने खाली कागजपत्र मतगणना र मतपेटिक सिल गर्न प्रयोग गरिने ने.रा.मा.वि. बेलाहा (क) मतदान केन्द्र ३९३ को मुचुल्का फाईल मतगणना स्थल वाहिर भेटिएको थियो । मतगणनाको क्रममा अर्घकट्टि सहितको नौ वटा मतपत्र फेला परेका थिए । मतपेटिकामा प्रयोग गरिने सुरक्षण सील तोडिएको अवस्थामा मतपत्र भण्डारण स्थल वाहिर भेटियो । ज्ञानोदय आदर्श बिधालय खनार मतदान केन्द्र नं. २९७ को मतपेटिकाको सुरक्षण सील नभएको पाईयो । जनता मा.वि. सिमरियामा मतदान केन्द्रमा खटीएका कर्मचारी स्वयम्वाट मतदान गरेको पाईयो । मतदान स्थल भित्र मोवाइलफोन लैजान मिल्दैन तर खुले आम नविन शिक्षा निकेतन मा.वि दुहवी केन्द्रमा मतदान स्थल भित्रै दुहवी नगरपालिकाका मेयर बेद नारायण गच्छदारले मोवाईल प्रयोग गरी मतदाताहरुलाई मत खसाल्न प्रभावित गरेको देखियो । रुख चिन्ह भएको मतपत्रहरुको स्वस्तिक छापको आकार प्रकार फरक (सामान्य आकार भन्दा ठूलो) रहेको मतपत्रहरुलाई समेत मतगणना अधिकृतले सदर गरेको देखियो । चिमडी मतदान केन्द्रमा सुनसरी जिल्ला प्रहरी कार्यालयका बरिष्ट प्रहरी उपरिक्षक बिधानन्द माझीले मतदानका दिन बिहान ७ वजे देखी बेलुकी ५ वजे सम्म मतदाताहरुलाई रुख चिन्हमा भोट हाल्न सिकाएको भेटियो । पशुपति आधारभुत बिधालय सोनापुर बालकुण्ड मतदान केन्द्रमा साहायक मतदान अधिकृतले स्वयम  एघार सय भन्दा बढी मतदाताहरुको मत खसालिएको पाईयो ।

              यि बिभिन्न तथ्यहरुले सुनसरी ३ को चुनाव निष्पक्ष र धाँधली रहित हुन नसकेको मैले महसुस गरेको छु । सुनसरी क्षेत्र नं. ३ का जनताले खसालेको मतको संरक्षण हुन सकेन । त्यसैले मैले चुनावका क्रममा भएका यि विभिन्न षडयन्त्रमूलक कार्यको निष्पक्ष छानविन गर्न अधिकार सम्पन्न आयोग गठन गर्न प्रेस बिज्ञप्ती मार्फत तथा उजुरी दर्ता गरी सरकार सँग जोडदार माग गरेको छु । धाँधली पूर्णरुपमा सम्पन्न गरिएको निार्वाचनको बदर गरी पूनः निर्वाचन गराउन समेत माग गरेको छु ।

          मलाई आफनो अमूल्य मत प्रदान गर्नुहुने तथा सदभाव राख्नुहुने सुनसरी क्षेत्र नम्वर तीनवासी वुवा, आमा, दाजुभाई, दिदीवहिनी, सञ्चारकर्मी मत्रिहरु सम्पूर्णलाई  हार्दिक धन्यवाद कृतज्ञता ब्यक्त गर्दछु । सुनसरी क्षेत्र नम्वर तीनकी छोरी म भगवती चौधरी प्रति यस क्षेत्रका वासिन्दाले देखाएको यो अपार साथ, सहयोग र समर्थन म कहिल्यै पनि भुल्ने छैन । सुनसरी क्षेत्र नम्वर तीनका जनताको हरेक सुःख दुःखमा म साथमै रहने छु । यो क्षेत्रको विकास र सम्वृद्धिका लागि मेरो योगदान जारी रहने छ ।  म तपाइकै प्रतिनिधिकै रुपमा सकृय रहिरहने छु । सुनसरी क्षेत्र नम्वर तीनका जनताले म र नेकपा एमालेलाई चुनाव जीताएकै हुन । तर अनेक षडयन्त्र गरेर जीतेको चुनाव हराइएको छ । मलाई  व्यक्तिगत रुपमा पराजित गराइए पनि मेरो पार्टी र समग्र वाम गठबन्धनले हासिल गरेको अद्वितीय विजयले मलाई आफ्नो पराजयबाट रत्तिभर पनि निराशाबोध वनाएको छैन । जनताले वाम गठबन्धन प्रति देखाएको यो अभूतपूर्व मायाँ र विश्वासले मलाई अत्यन्त उत्साहित बनाएको अनुभूत गरेकी छु ।

अतः सुनसरी क्षेत्र नं. ३ का बासिन्दाले देखाएको अगाढ माया तथा गरेको सहयोगको म रत्तिभर पनी कदापी भुल्ने छैन । मैले सरकारमा रहेपनी नरहेपनी सुनसरी क्षेत्र नं. ३ बासीको सुखदुखमा सदैव मेरो साथ र सहयोग रहने छ । यसरी नै आउदा दिनहरुमा यस सुनसरी क्षेत्र नं. ३ का वासिन्दाबाट अगाढ माया र सहयोगको अपेक्षा गरेकी छु । यहाँहरुको अधिकार प्राप्तीमा यहाँहरुको कदम कुनैपनी परिस्थितीमा बिचलित हुने छैन । अन्तमा, सुनसरी क्षेत्र नं. ३ बाँसीको उन्नती प्रगति र सुखमय जिवनका लागि हार्दिक आभार व्यक्त गर्दछु ।

                                                                                                                        भगवती चौधरी                                                                                                                                  नेकपा (एमाले), केन्द्रीय कमिटी  सदस्य,                                                                                                                     उमेदवार सुनसरी क्षेत्र नम्वर ३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *