महिला क्रिकेट एकाडेमीलार्इ रकम हस्तान्तरण

राइजिंग क्रिकेट फर विमनको अगुवाईमा बन्न लागेको महिला क्रिकेट एकाडेमीको लागी नेपाली राईनोज र नेपाली क्रिकेट समर्थक समाजले क्रमस ५० हजार र २७ हजार पाँच सय रकम सहयोग गरेको छ । विहिबार राजधानीमा आयोजित एक कार्यक्रमका बिच उक्त रकम चेक मार्फत राइजिंग क्रिकेट फर विमनलार्इ हस्तान्तरण गरीएको हो ।

राइजिंग क्रिकेट फर विमन, नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी सदस्य आरती विडारीले सञ्चालन गरेको संस्था हो ।

Image may contain: 5 people, people standing and indoor

नेपाली क्रिकेट समर्थक समाजका सचिव विमल पौडेलले यसकार्यलाई सानो तर उदाहरणिय सहयोगको संज्ञा दिनुभयो । उहाँ भन्नुहुन्छ, “सरकारी सहयोगको आश नगरौं, जसले जहाँबाट सकिन्छ, त्यहीँबाट सहयोग गरौं ।”

कार्यक्रममा राष्ट्रिय टोलीका सदस्य शरद भेषवाकरले नेपाली राईनोजको तर्फबाट खेलाडीदय सागर ढकाल र महेश क्षेत्रीलाई आर्थिक सहयोग समेत गर्नुभयो । नेपाली राईनोजले नेपाली क्रिकेट समर्थक समाजलाई समेत १० हजार रुपैंया सहयोग गरेको छ । नेपाली क्रिकेट समर्थक समाजले नेपाली क्रिकेटको विकासमा विभिन्न रचनात्मक भुमिका निभाउँदै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six − one =