जवर्जस्ति यौन धन्दामा लगाएको आरोपमा होटल सञ्चालक पक्राउ

भद्रपुर, पुस २६ । मानव बेचबिखन तथा ओसारपसार मुद्दामा झापाको अर्जुनधारा नगरपालिका–११ स्थित एवान होटल एण्ड लजका सञ्चालक राजकुमार सिटौलालाई प्रहरीले पक्राउ गरी कारबाही शुरु गरेको इलाका प्रहरी कार्यालय, अनारमनीले जनाएको छ ।

सञ्चालकले विभिन्न तीन स्थानका तीनजना युवतीलाई जबर्जस्ती यौनजन्य क्रियाकलापमा लगाएको र निजले कमाएको रु चार लाख पनि सञ्चालकले नै राखी, नदिएका कारण ती युवतीले प्रहरीलाई जानकारी दिएको आधारमा पक्राउ गरी मंगलबार सार्वजनिक गरेको हो ।

ती युवतीलाई सञ्चालकले कोठा भाडामा लिई राखेको दिनभरि कोठामै राखी रातिको समयमा विभिन्न होटल एवं लजमा सम्पर्कको आधारमा यौनजन्य कार्य गराउन लगाउने युवतीको आरोप रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *